नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9631 · वि.सं. २०७३
नि.नं. 9631 — हातहतियार खरखजाना
सिद्धान्त / नजिर सार (Headnote Summary)
वस्तुतः एउटै मुद्दाका सहअभियुक्तले सुरू फैसलाउपर दायर गरेको पुनरावेदनमा विपक्षी झिकाउने आदेश भई नेपाल सरकारको तर्फबाट सुनुवाईमा बहससमेत गरी सकेपछि पनि उक्त मुद्दाको सुरू फैसलाको जानकारी प्राप्त नभएको भन्न मिल्ने हुँदैन । एउटै मुद्दाको सुरू फैसलाउपर एउटा प्रतिवादीको तर्फबाट परेको पुनरावेदनमा विपक्षी झिकाउने आदेश भई वादी नेपाल सरकारको तर्फबाट बहस गरी सो मुद्दा मिति २०६७।३।१५ मा फैसला भइसकेपछि त्यसको ९ महिना ३ दिन पछि मिति २०६७।१२।१८ मा पुनरावेदन अदालतमा दायर भएको पुनरावेदन पत्रलाई सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २६ बमोजिम तोकिएको पुनरावेदन गर्ने हदम्यादभित्र परेको भन्न मिल्ने नदेखिने । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9631 |
|---|---|
| मुद्दाको विषय | हातहतियार खरखजाना |
| निर्णय वर्ष / मिति | 2072/05/31 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल |
| मुद्दा नं. | ०७०-CR-०७३२ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७३, नि.नं. 9631 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
