नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9630 · वि.सं. २०७३

नि.नं. 9630 — प्रश्नपत्रको गोपनीयता भङ्ग गरी भ्रष्टाचार गरेको

सिद्धान्त / नजिर सार (Headnote Summary)

दोहोरो खतराको सिद्धान्तले मूलतः एउटै व्यक्तिका विरूद्धमा उही कसुरमा पहिले नै कारवाही भई सजाय पाइसकेको वा सफाई पाइसकेको अवस्थामा उक्त कसुरमा दुईपटक मुद्दा चलाउन र सजाय गराउनलाई रोक्दछ । दोहोरो खतराको सिद्धान्त यस आधारमा पूर्व निर्णयसँग सम्बन्धित देखिन्छ । दोहोरो खतराको सिद्धान्त आकर्षित हुनका लागि मुख्यरूपमा सक्षम निकायबाट निर्णय भएको हुनुपर्ने, निर्णय अन्तिम भएको हुनुपर्ने र त्यस्तो निर्णय स्वच्छ सुनुवाई गरी अन्तिमसमेत भएको हुनुपर्ने । नेपालको अन्तरिम संविधान, २०६३ को धारा २४ को उपधारा (६) ले कुनैपनि व्यक्ति विरूद्ध अदालतमा एकै कसुरमा एकपटक भन्दा बढी मुद्दा चलाइने र सजाय दिइने छैन भन्ने व्यवस्था गरेको देखिन्छ भने वर्तमान नेपालको संविधानको धारा २० को उपधारा (६) ले त्यसलाई निरन्तरता दिएको पाइने । (प्रकरण नं.१२) राज्यको मूल कानून संविधानले नै दोहोरो खतराको सिद्धान्तलाई फौजदारी न्यायको हकका रूपमा प्रत्याभूत गरेको परिप्रेक्ष्यमा त्यसलाई आत्मसात् गरी न्याय निरूपण गरिनुपर्दछ यसलाई अन्यथा गर्न सकिँदैन । यद्यपी मुद्दाको तथ्यगत अवस्था एक खालको हुने र तथ्यगत अवस्थाको विश्लेषण नगरी सैद्धान्तिक र तथ्यगत अवस्थालाई एकैचोटी विश्लेषण नगरी कसुरदारलाई कसरी उन्मुक्ति मिल्दछ भनी निष्कर्षमा पुग्न खोज्नु फौजदारी न्यायको सिद्धान्तकै खिलाफ हुन जाने । न्यायको दुरूपयोग नहोस् र एउटै कसुरमा दुईपटक खतरामा रहनु नपरोस भन्ने अभिप्रायले यस्तो संवैधानिक मान्यताको विकास भएको हो । मुद्दाका आ-आफ्नै विशिष्टता हुने गर्दछन् । दण्डहीनताले प्रसय नपाओस् अपराधी सजायको दायरामा आउन सकोस् र कुनैपनि व्यक्तिविना कारण दुईपटक खतरामा नपरोस् भन्ने सम्बन्धमा न्यायकर्ता सदैव सचेत रहनुपर्ने । (प्रकरण नं.१३) मुद्दाको समग्र तथ्यको विश्लेषण गर्दा कसैले कानूनद्वारा निषिद्ध आपराधिक कार्य गरेको अवस्थामा त्यस्तो कार्यलाई अलग / अलग कानूनले अलग / अलग अपराध मान्दछ भने त्यसलाई एउटै कसुर मानेर एउटा मात्र कानूनअन्तर्गत कारवाही गर्नुपर्ने भनी आपराधिक क्रियालाई सीमित तुल्याउन नमिल्ने । भ्रष्टाचार निवारण ऐन, २०५९ को कुनै पनि व्यक्ति विरूद्ध अदालतमा एकै कसुरमा एक पटकभन्दा बढी मुद्दा चलाइने र सजाय दिइने छैन भन्ने कुरा अर्थात् दोहोरो खतराको सिद्धान्त कुनै एक कसुरमा उही व्यक्तिउपर मुद्दा चलाई निर्णय भइसकेकोमा सोही कसुरको सम्बन्धमा पुनः कारवाही चलाउन रोक लगाउने सन्दर्भमा आकर्षित हुने हो । विवादको विषयमा एकै प्रतिवादीबाट भएको कार्यको लागि दुई छुट्टाछुट्टै ऐनअन्तर्गतको कसुरमा छुट्टाछुट्टै अनुसन्धान तहकिकात गरी मुद्दा चलाउन र अदालतबाट निर्णय गर्न यस सिद्धान्तले रोक लगाएको देखिँदैन । यसबाट एउटै क्रियाबाट अलगअलग ऐनअन्तर्गतमा कसुरसमेत भएमा अलगअलग मुद्दा चलाउन र सजाय गर्ने बाधा हुने अवस्था नदेखिने । (प्रकरण नं.१४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9630
मुद्दाको विषयप्रश्नपत्रको गोपनीयता भङ्ग गरी भ्रष्टाचार गरेको
निर्णय वर्ष / मिति2072/10/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा
मुद्दा नं.०७१–CR–०११५ | ०७१–CR–०२७३ | ०७१–CR–०२८१ | ०७१–CR–०३०१
उद्धरण सन्दर्भने.का.प. २०७३, नि.नं. 9630
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्