नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9628 · वि.सं. २०७३

नि.नं. 9628 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

सैनिक सेवामा कार्यरत निवेदकले पशु स्वास्थ्य औषधि उत्पादन आयोजना शाखामा गरेको सेवा अवधिको ७५ प्रतिशत अवधि जोडी निवृत्तिभरण पाउँ भनी दाबी गरेकै आधारमा कुनै पनि कानूनले त्यस्तो नोकरी अवधि जोड्न मिल्ने भनी नबोलेको अवस्थामा सो सेवा अवधिलाई जोड्न मिल्ने भनी अर्थ गर्नु कानूनसम्मत नहुने । (प्रकरण नं.८) सैनिक सेवा नियमावलीमा अन्यत्र सरकारी सेवामा गरेको अस्थायी सेवा अवधिलाई निवृत्तिभरणको प्रयोजनका लागि जोड्न पाउने गरी व्यवस्था नभएको अवस्थामा त्यसरी कानूनमै नभएको व्यवस्थाअनुसार कानूनविपरीतको त्रुटिपूर्ण निर्णय गरी अन्यत्र गरेको सेवा अवधिको ७५ प्रतिशत अवधि जोडी यी निवेदकलाई पेन्सनपट्टा दिने कार्यलाई कानूनअनुसार भएको कार्य मान्न नमिल्ने । (प्रकरण नं.९) कानूनविपरीतको निर्णयले वैधतासमेत प्राप्त नगर्ने भई त्यस्तो निर्णय सधैँ कानूनविपरीत नै हुने हुँदा जहिलेसुकै सच्याउन सकिने नै हुन्छ । यस्तो अवस्थामा सैनिक अभिलेखालयबाट भूलवस यी रिट निवेदकले अन्यत्र गरेको अस्थायी सेवाको ७५ प्रतिशत सेवा अवधि जोडी पेन्सनपट्टा दिई भएको निर्णय कानून प्रतिकूलको भन्ने थाहा भएपछि सो निर्णयलाई सोही अभिलेखालयबाट सच्याई यी निवेदकलाई पेन्सनपट्टा दिन नमिल्ने गरी भएको पछिल्लो निर्णयलाई गैरकानूनी भन्न नमिल्ने । (प्रकरण नं.१०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9628
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2072/12/01
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र
मुद्दा नं.०६७-WO-०९१८ | ०६६-WO-०२७०
उद्धरण सन्दर्भने.का.प. २०७३, नि.नं. 9628
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्