नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9625 · वि.सं. २०७३
नि.नं. 9625 — लिखत बदर नामसारी) “जग्गाको स्वामी नै नरहेको व्यक्तिले गरेको हक हस्तान्तरणलाई वैध मान्न नसकिने । छलकपट, जालसाज, कृत्रिम आधार, नक्कली प्रमाण, आपसी मिलोमतो र सार्वजनिक सम्पत्तिमा कब्जा जस्ता माध्यमबाट भएका दर्ताबाट कसैको हक प्राप्त नहोस् भन्ने नै दूषित दर्ताको मूल मर्म हो । बिना स्रोत, बिना आधार र स्रोत लिखत वा प्रमाणको प्रतिकूल हुन पुगेका दर्तालाई पनि दूषित दर्ताकै दर्जामा राख्नुपर्ने हुन्छ । यस्ता कार्यले समयसीमाका कारणले मान्यता पाउने स्थिति नरहोस् भनेर नै दूषित दर्ता बदर गराउन हदम्याद नलाग्ने सिद्धान्त कायम भएको हो । जुन कुरा प्रत्यक्षरूपमा सम्भव छैन, त्यो परोक्षरूपमा पनि सम्भव हुन नहुने । मूल स्रोतका अतिरिक्त त्यो स्रोतबाट उब्जेका अन्य लिखतहरू पनि अदालतकै निर्णयबाट शून्यमा परिणत भइसकेको अवस्थामा स्रोतका सबै कडीहरू धरासायी भएको स्पष्ट स्थिति हुँदाहुँदै पनि पछिल्लो लिखतलाई परोक्ष रूपमा सदर मानिदिनु न्यायसंगत नहुने । “(ने.का.प. २०६६ कार्तिक, नि.नं. ८१९०, पृष्ठ ११२९, पूर्ण इजलास) “मुद्दा चल्दा चल्दैको अवस्थामा आफ्नो नाममा गराएको दर्ता दूषित दर्ता देखिएकोले कानूनी मान्यता प्राप्त गर्न सक्ने स्थितिको नदेखिने ।”
सिद्धान्त / नजिर सार (Headnote Summary)
कसको नाममा रैकर परिणत हुने भन्ने मुद्दाको अन्तिम निर्णय हुन बाँकी भई मुद्दा विचाराधीन रहेको अवस्थामा सो तथ्यलाई छली विवादित जग्गा आफ्नो नाममा एकलौटी दर्ता गरी सो दर्ताको आधारमा लिखत गरी हक हस्तान्तरण गरेको हुँदा सो कार्य दूषित भई त्यस्तो दर्ता तथा लिखत वैध हुन र त्यस्तो लिखतले वैधता प्राप्त गर्न सक्ने हुँदैन । त्यस्तो दूषित क्रियाबाट गरेको लिखतको हक हस्तान्तरणबाट प्रतिवादीहरूको हक कायम रही रहन र वादीको हक समाप्त हुन नसक्ने । दूषित क्रियाबाट तहगत लिखतको माध्यमबाट हक हस्तान्तरण गर्दै गएपनि सो कार्य गैरकानूनी, प्रभावहीन र अमान्य प्रकृतिको भएकोले प्रारम्भदेखि नै बदरभागी हुने हुँदा त्यस्तो दूषित दर्ता र लिखत हक हस्तान्तरणको विषयमा विवाद उठेमा दूषित लिखत दर्ता बदर गराउन हदम्याद बाधक हुन्छ भन्न पनि मिल्दैन । (प्रकरण नं.८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9625 |
|---|---|
| मुद्दाको विषय | लिखत बदर नामसारी) “जग्गाको स्वामी नै नरहेको व्यक्तिले गरेको हक हस्तान्तरणलाई वैध मान्न नसकिने । छलकपट, जालसाज, कृत्रिम आधार, नक्कली प्रमाण, आपसी मिलोमतो र सार्वजनिक सम्पत्तिमा कब्जा जस्ता माध्यमबाट भएका दर्ताबाट कसैको हक प्राप्त नहोस् भन्ने नै दूषित दर्ताको मूल मर्म हो । बिना स्रोत, बिना आधार र स्रोत लिखत वा प्रमाणको प्रतिकूल हुन पुगेका दर्तालाई पनि दूषित दर्ताकै दर्जामा राख्नुपर्ने हुन्छ । यस्ता कार्यले समयसीमाका कारणले मान्यता पाउने स्थिति नरहोस् भनेर नै दूषित दर्ता बदर गराउन हदम्याद नलाग्ने सिद्धान्त कायम भएको हो । जुन कुरा प्रत्यक्षरूपमा सम्भव छैन, त्यो परोक्षरूपमा पनि सम्भव हुन नहुने । मूल स्रोतका अतिरिक्त त्यो स्रोतबाट उब्जेका अन्य लिखतहरू पनि अदालतकै निर्णयबाट शून्यमा परिणत भइसकेको अवस्थामा स्रोतका सबै कडीहरू धरासायी भएको स्पष्ट स्थिति हुँदाहुँदै पनि पछिल्लो लिखतलाई परोक्ष रूपमा सदर मानिदिनु न्यायसंगत नहुने । “(ने.का.प. २०६६ कार्तिक, नि.नं. ८१९०, पृष्ठ ११२९, पूर्ण इजलास) “मुद्दा चल्दा चल्दैको अवस्थामा आफ्नो नाममा गराएको दर्ता दूषित दर्ता देखिएकोले कानूनी मान्यता प्राप्त गर्न सक्ने स्थितिको नदेखिने ।” |
| निर्णय वर्ष / मिति | 2072/09/09 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय | माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल |
| मुद्दा नं. | ०६५-NF-००६१ | ०६५-NF-००६२ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७३, नि.नं. 9625 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
