नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9624 · वि.सं. २०७३

नि.नं. 9624 — अंश चलन

सिद्धान्त / नजिर सार (Headnote Summary)

पुनरावेदक प्रतिवादीले अंशबन्डा भइसकेको भनी जिकिर लिएको २०१७ सालको लिखतको सक्कल प्रति पेस हुन नसकेको, वादीका नाममा कुनै जग्गा दर्ता नै नरहेको, वादीका छोरीहरूका नाममा दर्ता रहेका जग्गा वादीले अंशबापत प्राप्त गरेका पैतृक सम्पत्ति हुन् भन्ने कुरा पुष्टि हुन नसकेको तथा वादी प्रतिवादीहरूबीच आपसी व्यवहार, कारोबार भएको कुरा मिसिल प्रमाणबाट पुष्टि हुन नसकेको अवस्थामा वादी प्रतिवादीहरूबीच अंशबन्डा भइसकेको भनी ठहर निर्णय गर्नु न्यायोचित हुने नदेखिँदा वादीले प्रतिवादीबाट अंश पाउने नै देखिन आउने । (प्रकरण नं.७) अंशसम्बन्धी हक नैसर्गिक हक रहेको र पति पिताले अंशहरू परित्याग गर्दैमा श्रीमती छोरा छोरीको अंश हकसमेत समाप्त हुन नसक्ने हुँदा वादीका माहिला देवर चराङ स्याण्टुङ्गका श्रीमती छोरा छोरीहरू रहेका भए र निजहरूले अंशमा दाबी गरेमा सोही बखत निजहरूको अंश हकका सम्बन्धमा ठहर इन्साफ हुने नै भएकोले अहिले नै निजहरूको अंशहक सम्बन्धमा केही बोलिरहनु उचित हुने नदेखिँदा हाल वादी प्रतिवादीहरू दुई अंशियार रहेकोमा तीन अंशियार कायम गरी वादीले तीन भागको एक भाग अंश पाउने ठहर्‍याएको यस अदालत संयुक्त इजलासको फैसला सो हदसम्म मिलेको देखिन नआउने । (प्रकरण नं.८) मिसिल संलग्न प्रमाणबाट दरबार ऐतिहासिक महत्त्वको देखिएको र सो कुरामा वादी प्रतिवादीबीच विवाद रहेको पनि नदेखिँदा उक्त मुस्ताङ दरबारमा वादी स्वयंले दाबी नै नगरेको र उक्त दरबारको ऐतिहासिक, पुरातात्त्विक तथा सांस्कृतिक स्वरूप यथावत्‌रूपमा संरक्षण गरी राख्नु उपयुक्त हुने देखिएकोले अंशियारहरूबीच बन्डा गर्नु उचित नहुने । तायदाती फाँटवारीमा उल्लिखित मुस्ताङ जिल्ला, चाराङ १(ख) कि.नं. ५९१ को जग्गामा बनेको गुम्बा घरसमेत धार्मिक स्थलको रूपमा रहेको हुँदा त्यस्तो धार्मिक स्थलको रूपमा रहेको गुम्बामा आफ्नो धार्मिक आस्थाअनुसार सर्वसाधारण जोसुकैले धार्मिक उपासना गर्न पाउने हुन्छ । यसरी सार्वजनिकरूपमा प्रयोग हुने धार्मिक स्थलको रूपमा रहेको गुम्बालाई व्यक्तिगत सम्पत्ति मानी अंशियारहरूबीच विभाजन गर्नु धार्मिक र सांस्कृतिक दृष्टिकोणबाट समेत उचित नहुने । (प्रकरण नं.९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9624
मुद्दाको विषयअंश चलन
निर्णय वर्ष / मिति2072/11/06
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुशीला कार्की | माननीय न्यायाधीश श्री गोपाल पराजुली
मुद्दा नं.०६८-NF-०००२
उद्धरण सन्दर्भने.का.प. २०७३, नि.नं. 9624
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्