नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9618 · वि.सं. २०७३
नि.नं. 9618 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
कुनै शिशु जिउँदो जन्मेको हो वा मृत जन्मेको हो भन्ने कुराको सर्वोत्तम प्रमाण तत्सम्बन्धमा विशेषज्ञता प्राप्त गर्ने चिकित्सकहरूको भनाई नै हुन्छ । चिकित्सकहरूको रायमा लापरवाही वा बेहिसाब देखिएमा, गम्भीरताको अभाव रहेमा वा अयोग्य चिकित्सकबाट राय व्यक्त भएमा बाहेक चिकित्सकहरूको रायलाई प्रमाणमा लिनु उपयुक्त हुन्छ । चिकित्सकको राय मिसिलका अन्य प्रमाणबाट समर्थित भएको अवस्थामा त्यस्तो राय झन् विवादरहित हुन पुग्ने । (प्रकरण नं.३) नवजात शिशुको उचित स्याहारसम्भार नगरेर प्रतिवादी आमाले बच्चा जन्मेको कोही कसैले थाहा पाउलान् कि भनी बच्चालाई कपडामा बेरी लुकाएको त्यसपछि नवजात शिशुलाई रगत आदि फोहोरसरह फाल्नुपर्ने वस्तु ठानी फालेको कार्य र नवजात शिशुलाई घाँटी थिची मार्ने कार्य दुवैको परिणाम नवजात शिशुको मृत्यु हुने कुरामा सन्देह रहन्न । भवितव्यमा बदनियत हुँदैन, सबै कुरा शुद्ध मनसायले गर्दा गर्दै पनि सोच्दै नसोचिने अप्रत्याशित परिणाम उत्पन्न भई मानिसको मृत्यु हुन पुग्छ । भवितव्यको सम्बन्ध अपराधसँग हुँदैन । कार्य निर्दोष हुन्छ । परिणाम अपराध हुन्छ । तर प्रतिवादीको कार्य नै अपराधपूर्ण छ । Homicide by omission पनि homicide नै हो । मुख्य कुरा कर्ताले वारदात गर्दा शिशु मार्ने मनसाय राखेको थियो वा थिएन भन्ने कुरा नै हेर्नुपर्छ । कर्ताको मनसायको परीक्षण कर्ताको कार्यबाट हुन्छ र यसको आधार भनेको सामान्य सुझबुझ भएको मानिसले त्यस किसिमले नवजात शिशुलाई व्यवहार गर्दा नवजात शिशुको मृत्यु हुन्छ अथवा हुँदैन भन्ने नै हुन जाने । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9618 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2072/11/20 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय | माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. | माननीय न्यायाधीश श्री विनोदमोहन आचार्य | माननीय न्यायाधीश श्री हरिकुमार पोखरेल | माननीय न्यायाधीश श्री सरोजप्रसाद गौतम |
| मुद्दा नं. | ०७२-RC-००२० |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७३, नि.नं. 9618 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
