नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9617 · वि.सं. २०७३

नि.नं. 9617 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

कुनै पनि निर्णयलाई पूरा पढेर मात्र अर्थ लगाउनु पर्ने हुन्छ । मालपोत कार्यालयको उल्लिखित निर्णयले निवेदकको जिकिरलाई पर्याप्त मात्रामा सम्बोधन गरेको देखिन्छ । निर्णयको पुछारमा तामेली शब्द परेबाटै सोभन्दा माथि रहेका सयकडा ९९ वाक्य र शब्दहरूलाई नभएसरह ठानी तामेली भन्ने शब्दलाई मात्र पक्रनु तर्कसम्मत नहुने । कुनै विषयवस्तुका सम्बन्धमा जे जो गर्नुपर्ने हो सो सबै भइसकेको हुँदा केही गर्नु नपर्ने र मिसिल अभिलेखमा राख्नु पर्ने भन्ने नै “तामेली” शब्दको अर्थ हुने । दाबीको विषयवस्तुमा कुनै नयाँ प्रमाण गुज्रन आई नयाँ अवस्थाको सृजना भएमा वा हुन नसकेको कुनै काम कुरा सम्पन्न भएमा पुनः जगाउने गरी काम कारवाही हुने भन्ने हिसाबले पनि यदाकदा मिसिललाई तामेलीमा राख्ने गरिन्छ । कुनै विषयवस्तुमा गर्नुपर्ने काम नगरी त्रुटिपूर्ण तरिकाले मिसिल थन्क्याउने गरी तामेलीमा राख्ने आदेशलाई रिटले अधिकारक्षेत्रको त्रुटि मानी कानूनबमोजिम गर्नको लागि रिट जारी गर्ने गरेको देखिन्छ । तर प्रस्तुत विवादमा मालपोत कार्यालयले सबुद प्रमाणहरूको मूल्याङ्कन गरी निर्णय गरेको देखिँदा मालपोत कार्यालयले आफ्नो अधिकारक्षेत्रको प्रयोग नगरी तामेलीमा राखेको भनी निज कार्यालय विरूद्ध दोषारोपण गर्नु न्यायसम्मत नहुने । (प्रकरण नं.३) रिट अधिकारक्षेत्रले निर्णय सही गलत के हो भनी मुद्दाको तथ्यमा प्रवेश गरी हेर्ने काम गर्दैन । रिट अधिकारक्षेत्र न्यायिक स्वच्छता र पारदर्शिता कायम गर्नको लागि आकर्षित हुने अधिकारक्षेत्र भएकोले यसले निर्णय गर्ने निकाय र अधिकारीको काम कारवाहीमा कानूनको पालन, निर्णयकर्ताको निष्पक्षता र स्वच्छता जस्ता कुरामा आफूलाई केन्द्रित गर्छ । कानूनले तोकेको कार्यविधिअनुसार काम कारवाही नभएमा मात्र रिटबाट हस्तक्षेप हुने गर्छ । रिट अधिकारक्षेत्रले निर्णयकर्ताबाट भएको प्रमाण मूल्याङ्कनलाई विस्थापित गरी पुनरावेदन तह जस्तो निर्णय नगर्ने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9617
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2072/12/26
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दीपकराज जोशी | माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय
मुद्दा नं.०७१-WO-०६४०
उद्धरण सन्दर्भने.का.प. २०७३, नि.नं. 9617
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्