नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9616 · वि.सं. २०७३
नि.नं. 9616 — अपुताली हक कायम
सिद्धान्त / नजिर सार (Headnote Summary)
अपुताली हक अपुतालीको २ नं. अनुसार सृजित हक हो र यस्तो हक उक्त नं. मा भएको हकवाला क्रमअनुसार यो यसले प्राप्त गर्ने नगर्ने भनी निर्णय गर्नुपर्ने हुन्छ । अंश हक सगोलका अंशियाराहरूलाई प्राप्त हुने हक भएकाले मुलुकी ऐन, अंश बन्डाको १ नं. अनुसारका अंशियारहरूमा जीयजीयको अंश लाग्ने नलाग्ने भनी अदालतले फैसला निर्णय गर्नुपर्ने हुन्छ । कानूनले अपुताली हक खाने हकवाला र अंश पाउने सगोलका अंशियारामा भिन्नभिन्न कानूनी व्यवस्था गरेको हुँदा अंशियार नै नरहेको व्यक्तिले अपुताली हक प्राप्त गर्न सक्दैन भन्न मिल्दैन । संयुक्त नामसारी दर्ताको सम्पत्तिमा दर्तावालाहरूको बराबर हक हुन्छ । दुई जना मात्र हकवाला भई दुवैका संयुक्त नाउँमा दर्ता भएको सम्पत्तिका जग्गाहरूमा दुवै जनाको बराबर हक रहेको हुन्छ । यस्तो संयुक्त हकको सम्पत्तिमा आपसी व्यवहार सजिलो पार्नका लागि एकले अर्कोसँग मुद्दा गरी वा आपसी सहमतिमा आ-आफ्नो भाग छुट्याउन सक्ने भए पनि छुट्याउनै पर्ने भनी बाध्यात्मक अवस्था भने कानूनले गरेको नपाइने । (प्रकरण नं.३) आफैँबाट जन्मिएको सन्तान उसको सबैभन्दा नजिकको हकवाला हुन्छ र त्यस्तो जन्मेको छोरी रहिछे भने सौतेनी छोरीको तुलनामा आफ्नै छोरी नजिकको हकवाला हुन्छ, छोरी विवाहिता हुनु वा नहुनुबाट कुनै असर पर्दैन । एकै उदरका छोराछोरी वा विवाह भएको छोरी र कन्या छोरी भएमा मात्र तीबीच अपुताली पाउने क्रममा असर पर्ने हुन सक्छ । प्रस्तुत मुद्दाको तथ्यमा फरक उदरबाट जन्मेका छोरा र आफैँबाट जन्मेकी छोरी भएको हुँदा आमाको अपुताली छोरीले पाउने स्थिति रहेको देखिने । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9616 |
|---|---|
| मुद्दाको विषय | अपुताली हक कायम |
| निर्णय वर्ष / मिति | 2072/12/23 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय | माननीय न्यायाधीश श्री दीपकराज जोशी |
| मुद्दा नं. | ०६९-CI-१२८७ | ०६७-DP-०१३८ | ०६९-CI-१२८८ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७३, नि.नं. 9616 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
