नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9607 · वि.सं. २०७३
नि.नं. 9607 — उत्प्रेषण / परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
व्यक्तिगत जग्गादर्ताको विषयमा विपक्षी मालपोत कार्यालयले आफ्नो जग्गादर्ताको अधिकार प्रयोग गर्दा सबुद प्रमाण, साबिक दर्ता, स्थलगत सर्जमिन, नापी आदी गरी जग्गा दर्ता गर्न मिल्ने नमिल्ने भन्ने आफ्नो अर्धन्यायिक अधिकार प्रयोग गरी निर्णयमा पुग्नुपर्नेमा त्यसो नगरी प्रस्तुत मुद्दामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको मिति २०६५/७/२८ को निर्देशन र सोको आधारमा गरेको विपक्षी मालपोत कार्यालयले जग्गाको दर्ता व्यक्तिका नाममा नगरी नेपाल सरकारको नाममा दर्ता गर्ने गरी मिति २०६५/८/१८ मा निर्णय गरी दर्ता स्रेस्ता तयार गरी नेपाल सरकारको नाममा प्रमाणपुर्जासमेत तयारगरी स्थानीय जिल्ला प्रशासन कार्यालयमा पठाएको कार्य कानून र विधीगत प्रक्रियाअन्तर्गत रही भए गरेको नदेखिने । आफूले अर्धन्यायिक अधिकारको प्रयोग गर्न पाउने गरी मालपोत ऐन, २०३४ ले प्रदान गरेको जग्गा दर्ता गर्ने कार्य ऐन, कानून र न्यायका मान्य सिद्धान्त प्रयोग गरी न्यायिक विवेकको आधारमा निर्णयमा पुग्नुपर्नेमा त्यसो नगरेको हुँदा विपक्षी आयोगको निर्देशनमा रही गरेको मालपोत कार्यालयको मिति २०६५/८/१८ को निर्णय कानूनबमोजिमको नहुँदा कायमै रहन सक्ने अवस्था नदेखिने । विपक्षी आयोगको निर्णय पनि न्यायिक विवेक र कानूनी विधिगत प्रक्रियाअनुरूप प्राप्त अधिकारको सीमाभित्र रही गरेको नभई अधिकारको अतिप्रयोग गरी अनुचित कार्य र भ्रष्टाचारको सम्बन्धमा छानविन अनुसन्धान र तहकिकात गर्ने गराउने अधिकार पाएको निकायले सुनुवाईको मौकानै नदिई गरेको कारवाही एवं निर्णय पनि न्यायिक मान्यता र स्वच्छ सुनुवाईको सिद्धान्तविपरीत भएको देखिएको छ । जसलाई मर्का पर्ने वा पीडित हो सो व्यक्तिलाई नबुझी गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको निर्णय प्राकृतिक न्यायको सिद्धान्तविपरीत समेत देखिने । (प्रकरण नं.३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9607 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण / परमादेश |
| निर्णय वर्ष / मिति | 2073/02/04 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ | माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. |
| मुद्दा नं. | ०६८-WO-०५४६ | ०६८-RI-०३४६ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७३, नि.नं. 9607 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
