नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9603 · वि.सं. २०७३
नि.नं. 9603 — उत्प्रेषण / परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
जिल्ला अदालत नियमावली, २०५२ को नियम ७५(५)(ङ) ले मालपोत कार्यालयले रजिस्ट्रेसन दस्तुरको प्रयोजनको लागि निर्धारण गरेको मूल्यसमेतलाई पञ्चकिर्ते मूल्याङ्कनको आधार बनाउन सकिने भए तापनि सम्बन्धित जग्गामा गई स्थानीय व्यक्तिहरूको रोहवरमा निर्धारण गरिएको चलन चल्तीको मोल र पछि तहसिलदारले निर्धारण गरेको मोलको बीचमा ठूलो अन्तर भएको देखिन्छ । यसरी ठूलो अन्तर हुनुको विशेष कारण पञ्चकिर्ते मुचुल्कामा उल्लेख गरेकोसमेत नदेखिएबाट जायजात तायदात गरिनुको औचित्यमै प्रश्न चिह्न खडा भएको स्थिति देखिने । (प्रकरण नं.४) जायजात र पञ्चकिर्ते मूल्याङ्कनमा अस्वाभाविक फरक पर्न गएको अवस्था देखिएकोसमेतका आधारमा सर्लाही जिल्ला अदालतका तहसिलदारबाट मिति २०६७।८।१५ मा भएको पञ्चकिर्ते मूल्याङ्कन रितपूर्वकको नदेखिएको हुँदा सो मूल्याङ्कनलाई सदर कायम गर्ने गरी भएको पुनरावेदन अदालत, जनकपुरको मिति २०६८।३।१६ को आदेश बेरीतको देखिएकोले उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9603 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण / परमादेश |
| निर्णय वर्ष / मिति | 2073/01/05 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दीपकराज जोशी | माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ |
| मुद्दा नं. | ०६८-WO-०७७३ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७३, नि.नं. 9603 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
