नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9602 · वि.सं. २०७३

नि.नं. 9602 — संरक्षित क्षेत्रभित्र संरक्षित हिउँ चितुवा मारी छाला निकासी ओसारपसार गरी घरमा राखेको

सिद्धान्त / नजिर सार (Headnote Summary)

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६(१) मा वन्यजन्तु मार्ने कार्य र वन्यजन्तुको आखेटो पहार राख्नेसम्मको निषिद्ध कार्यलार्इ पनि एकै दफामा राखे पनि सो कार्यलार्इ कसुरको मात्रानुसार विचार गरी सजाय गर्न अधिकतम र न्यूनतम सजायको व्यवस्था गरी न्यायकर्तालार्इ स्वविवेकीय सजाय निर्धारण गर्न सक्ने गरी कानूनी प्रावधान विधायिकाले निश्चित गरेको देखिन्छ । यसरी विधायिकाले दण्ड निर्धारण गर्न विस्तारित प्रावधान राखे पनि तजबिजी अधिकारको प्रयोग आत्मगत वा स्वेच्छाचारीरूपमा गर्न मिल्दैन । त्यस्तो दण्डको निर्धारण न्यायकर्ताले समन्याय (equity), शुद्ध अन्त:स्करण (good conscience), प्राकृतिक न्याय (natural justice) का आधारमा कसुरको मात्रा वा गाम्भीर्यता, घटनाक्रम र कानूनले तोकेको परिधिसमेतलार्इ तुलानात्मकरूपमा अनुपातिक र उचित सन्तुलन (proportional & proper balance) भएको छ छैन ख्याल गरी न्यायिकरूपमा सम्पादन हुनुपर्ने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9602
मुद्दाको विषयसंरक्षित क्षेत्रभित्र संरक्षित हिउँ चितुवा मारी छाला निकासी ओसारपसार गरी घरमा राखेको
निर्णय वर्ष / मिति2072/06/07
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोपाल पराजुली | माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र | माननीय न्यायाधीश श्री माधवप्रसाद चालिसे | माननीय न्यायाधीश श्री राजकुमार वन
मुद्दा नं.०७०-CR-००५६ | ०७०-CR-००५७ | ०६८-CF-०००१
उद्धरण सन्दर्भने.का.प. २०७३, नि.नं. 9602
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्