नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9600 · वि.सं. २०७३

नि.नं. 9600 — आगलागी

सिद्धान्त / नजिर सार (Headnote Summary)

सुकेको खरबारीमा सलाईको काँटी फाल्दा खरबारीमा आगो लाग्न सक्छ र त्यसबाट नजिकका घरमा आगो लाग्न सक्छ भन्ने कुरा सामान्य विवेक भएको मानिसलाई थाहा हुन सक्ने विषय हो । यसरी सामान्य विवेकसम्म नराखी आफूले गर्न लागेको कार्यबाट अर्काको हानी नोक्सानी हुन्छ भन्ने जानीबुझी त्यस्तो कार्य गर्ने र त्यसबाट नोक्सानी हुन गएमा प्रतिवादीले लापरबाही गरेको मानिने । आफूद्वारा हुने कार्यबाट दुष्परिणाम निस्कन सक्दछ भन्ने जानीजानी उसले गरेको कार्यबाट आपराधिक कार्य घटन गएमा उसको मानसिक अवस्था पूर्णतया निर्दोष रहेछ भनी मान्न मिल्दैन । यो मनसायकै एउटा स्वरूप हुँदा निजमाथि फौजदारी दायित्व आकर्षित हुन्छ । तसर्थ प्रस्तुत वारदात मनसायपूर्वक घटेको होइन भन्ने बयान जिकिर र गम्भीर लापरबाहीबाट घटना घटेको पुष्टि भइरहेको परिप्रेक्षमा प्रतिवादीले आपराधिक दायित्वबाट उन्मुक्ति पाउनुपर्दछ भन्ने पुनरावेदन जिकिर मुनासिब देखिन नआउने । (प्रकरण नं.५) प्रतिवादीले फरक फरक ठाउँमा आगो लगाएर एकभन्दा बढी घरमा क्षति भएको अवस्था नभएको र थप घरमा आगो लगाउन प्रतिवादीको प्रत्यक्ष संलग्नता रहेको तथ्य स्थापित हुन आएको देखिँदैन । जहाँसम्म एकभन्दा बढी घरमा क्षति भएको हुँदा आगो लगाउनेको ४ र ५ नं. आकर्षित हुन्छ भन्ने अभियोग दाबी छ सोतर्फ हेर्दा प्रतिवादीले प्रत्यक्षरूपले घरमै गएर जानीजानी आगो लगाएको नभई प्रतिवादीको गम्भीर लापरबाहीको कारण खरबारीमा फालेको सलाईको काँटीबाट आगो सल्कदै गई जाहेरवालाहरूको घर र स्कुलसमेत जली नस्ट भएकोमा यस्तो वारदातलाई छुट्टाछुटै वारदात कायम गरी सजाय गर्न मिल्ने पनि नदेखिने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9600
मुद्दाको विषयआगलागी
निर्णय वर्ष / मिति2072/06/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय | माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल | माननीय न्यायाधीश श्री शम्भुबहादुर खड्का | माननीय न्यायाधीश श्री विदुर बिक्रम थापा
मुद्दा नं.०७०-CR-००५८ | ०७०-CR-०५८१
उद्धरण सन्दर्भने.का.प. २०७३, नि.नं. 9600
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्