नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9598 · वि.सं. २०७३

नि.नं. 9598 — अपहरण गरी बन्धक बनाएको

सिद्धान्त / नजिर सार (Headnote Summary)

अपहरणको वारदातमा दुई वा सोभन्दा बढि व्यक्तिको संलग्नता रहेको निर्विवाद पुष्टि भएको अवस्थामा मात्र मुलुकी ऐन, अपहरण तथा शरीर बन्धक लिनेको महलको ७ नं. आकर्षित हुने हुन्छ । अपहरणको कसुरमा दुई जना वा सोभन्दा बढी समूह भई घटित भएमा कसुरको गम्भीरता र घनत्व बढन जान्छ र त्यस्तो भएमा कानूनले थप सजायको व्यवस्था गरेको देखिन्छ । तर, त्यस्तो थप सजाय गर्नु पूर्व दुई जना वा सोभन्दा बढी व्यक्तिको अपहरण कार्यमा संलग्नता थियो भनी वादी पक्षले प्रमाणित गर्न सक्नुपर्ने । वारदातमा संलग्न व्यक्तिहरूको हुलिया तथा वतनसमेत कही कतैबाट खुल्न र खुलाउन सकेको देखिँदैन । प्रतिवादी मुन्सी भन्ने सहावुद्दिन शेखका अतिरिक्त अन्य अस्थित्वमा नै नरहेका दुई जना व्यक्तिहरू समेतको संलग्नताको अनुमान गरी मुलुकी ऐन, अपहरण र शरीर बन्धक लिनेको महलको ७ नं. अनुरूप थप सजाय गर्नु न्यायोचित देखिन आएन । दुई जना वा सो भन्दा बढी व्यक्तिहरूको संलग्नता शंकारहित तथा निर्विवाद पुष्टि हुन नसकी रहेको अवस्थामा प्रतिवादी साहवुद्दिन शेषलाई मुलुकी ऐन, अपहरण र शरीर बन्धक लिनेको ७ नं. बमोजिम थप सजाय हुनुपर्दछ भन्ने पुनरावेदन जिकिरसँग सहमत हुन नसकिने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9598
मुद्दाको विषयअपहरण गरी बन्धक बनाएको
निर्णय वर्ष / मिति2072/06/11
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय | माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय
मुद्दा नं.०६९-CR-०६३२
उद्धरण सन्दर्भने.का.प. २०७३, नि.नं. 9598
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्