नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9595 · वि.सं. २०७३

नि.नं. 9595 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

निवृत्तभरणसम्बन्धी व्यवस्था सामाजिक सुरक्षाबापत सेवा निवृत्त भएपछि निवृत्त कर्मचारीलाई दिने सुविधा हो भन्ने तथ्यमा पनि विवाद छैन । पुनरावेदक राष्ट्रिय वाणिज्य बैंकबाट सेवा निवृत्त भएको देखिँदा सोही बैंकको कर्मचारी विनिमायवलीले गरेको व्यवस्था नै हेरी निर्णय गर्नुपर्ने । राष्ट्रिय वाणिज्य बैंक सेवा विनियमावली, २०६१ को विनियम ५९(३) को प्रतिबन्धात्मक वाक्यांशमा तर यस विनियमबमोजिम निवृतिभरण पाइरहेको कर्मचारीले दोहोरो निवृतिभरण पाउने छैन र निवृत्त भइसकेपछि विवाह गरेमा त्यस अवस्थामा पति वा पत्नीले पाउने छैन भन्ने व्यवस्था भएको देखिन्छ । इच्छाइएको व्यक्तिमा श्रीमान् वा श्रीमतीको नाम उल्लेख गरिनु भनेको सेवा निवृत्त कर्मचारीको मृत्यु भएपछि इच्छाइएको व्यक्तिले सामाजिक सुरक्षाबापतको सुविधा लिन पाउनु हो । जब कि राष्ट्रिय वाणिज्य बैंक कर्मचारी विनियमावली, २०६१ को विनियम ५९(३) को प्रतिबन्धात्मक वाक्यांशले सेवा निवृत्त भएपछि विवाह गरेमा त्यस्तो सुविधा नपाउने गरी सीमा तोकिदिएको पाइने । (प्रकरण नं.५) पुनरावेदक / निवेदक : प्रत्यर्थी / विपक्षी :

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9595
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2071/11/10
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोपाल पराजुली | माननीय न्यायाधीश श्री एकराज आचार्य | माननीय न्यायाधीश श्री रामचन्द्र यादव
मुद्दा नं.०६९-CI-०८२५ | ०६७-WS-०००१
उद्धरण सन्दर्भने.का.प. २०७३, नि.नं. 9595
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्