नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9590 · वि.सं. २०७३
नि.नं. 9590 — मोही नामसारी
सिद्धान्त / नजिर सार (Headnote Summary)
मुद्दामा रहेको विवादित विषयसँग सम्बद्ध प्रमाण बुझ्ने क्रममा विशेषज्ञबाट जाँच भई प्राप्त हुन आएको रायलाई प्रमाणमा लिन मिल्ने वा नमिल्नेसम्बन्धमा विवेचना गरी प्रमाणमा लिन नमिल्ने भए आधार कारणसहित सो रायलाई खण्डन गरी मिसिल संलग्न अन्य तथ्यपूर्ण प्रमाणको आधारमा मात्र निष्कर्षमा पुग्नु पर्ने । (प्रकरण नं.४) दाबीको जग्गाको नापीका बखत तयार भएको फिल्डबुकमा मोही जनिएको व्यक्तिको ल्याप्चे छापसमेत लागेको अवस्था देखिएको, मोही महलमा उल्लिखित व्यक्ति आफू भएको भनी एकै नाम गरेका दुई व्यक्तिले दाबी गरेको, मिसिल संलग्न प्रमाणबाट उक्त व्यक्ति यही हो भनी वस्तुगतरूपमा एकिन हुन नसकेको अवस्थामा विशेषज्ञले जाँच गरी दिएको राय प्रतिवेदन प्रस्तुत मुद्दामा निर्णायक प्रमाण हुन सक्ने कुरामा विवाद हुन सक्दैन । दुई भिन्नाभिन्नै व्यक्तिको ल्याप्चे छापमा तात्त्विक र आधारभूतरूपमा भिन्नता हुने भएकोले कुनै लिखतमा परेको ल्याप्चेछाप दुईमध्ये जसको ल्याप्चेसँग भिड्छ सोही व्यक्ति नै उक्त लिखतको ल्याप्चे छापकर्ता व्यक्ति हो भनी मान्नु पर्ने । (प्रकरण नं.५) वस्तुतः कुनै व्यक्तिको एकभन्दा बढी नाम हुन सक्ने तथा गाउँ घरमा बोलाउने नाम र कार्यालयको आधिकारिक नाम फरक हुन सक्ने हुन्छ । त्यस्तै एकै ठाउँमा एउटै नाम भएका एकभन्दा बढी व्यक्तिहरू हुन सक्ने हुँदा कसैको नाममात्र मिलेको आधारमा हकै नपुग्ने कुरामा हक कायम हुन सक्ने वा कुनै व्यक्तिको एकभन्दा बढी नाम भई कुनै एउटा नामबाट व्यवहार गरी आएको अवस्थामा विना आधार सो व्यक्ति आधिकारिक व्यक्ति होइन भनी भन्न मिल्दैन । त्यस्तो अवस्थामा आधिकारिक व्यक्ति यही हो भन्ने कुरा अन्य प्रमाणबाट एकिन हुन नसकेको अवस्थामा हस्ताक्षर वा ल्याप्चे छापको जाँच गरी विशेषज्ञले दिएको राय प्रतिवेदनका आधारमा निष्कर्षमा पुग्न मिल्ने । (प्रकरण नं.८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9590 |
|---|---|
| मुद्दाको विषय | मोही नामसारी |
| निर्णय वर्ष / मिति | 2072/10/14 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय | माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ | माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाहको राय । | माननीय न्यायाधीश श्री तर्कराज भट्टको छुट्टै राय । | माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाहले व्यक्त गर्नुभएको राय मनासिब हुँदा सोही राय सदर कायम हुनुपर्दछ भनी बहस गर्नुभयो । प्रत्यर्थी मोहनमाया व्यञ्जनकारका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री हरिहर दाहाल, श्री पदमराज काफ्ले र विद्वान् अधिवक्ता श्री राम राउतको दाबीको जग्गाको फिल्डबुकको जोताहा महलमा मोहनमाया ज्यापू भन्ने उल्लेख भएको, उक्त मोहनमाया ज्यापू भन्ने व्यक्ति र प्रत्यर्थी मोहनमाया व्यञ्जनकार भन्ने व्यक्ति एकै भएको भनी काठमाडौं महानगरपालिकाले सिफारिससमेत गरिदिएको हुँदा प्रत्यर्थी मोहनमाया व्यञ्जनकार दाबीको जग्गाको मोही हुन् भन्ने कुरा स्पष्ट हुन्छ । विशेषज्ञले दिएको राय विरोधाभाष पूर्ण रहेको हुँदा त्यस्तो रायलाई प्रमाणमा ग्रहण गर्न मिल्दैन । दाबीको जग्गा मोही र जग्गा धनीबीच बाँडफाँड भई बिक्रीसमेत भइसकेको अवस्था हुँदा माननीय न्यायाधीश श्री तर्कराज भट्टले व्यक्त गर्नुभएको राय सदर हुनुपर्दछ भनी र पुनरावेदक गोपाललाल अमात्यसमेतका तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री बसन्त गौतमले पुनरावेदिका वादी तुयुमै व्यञ्जनकारको विवाह भइसकेको हुँदा निजले भूमिसम्बन्धी ऐन, २०२१ बमोजिम मोही नामसारी गरी लिन पाउने हकदार होइनन् । प्रत्यर्थी प्रतिवादी मोहनमाया व्यञ्जनकार दाबीको जग्गाको मोही नभएकोले पुनरावेदन अदालतले गरेको फैसला उल्टी हुनुपर्दछ भनी बहस गर्नुभयो । | माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाहले वादी दाबी खारेज हुने ठहर्याएको सुरू भूमिसुधार कार्यालयको निर्णय सदर गरेको पुनरावेदन अदालत, पाटनको फैसला उल्टी गरी वादी दाबीबमोजिम वादी तुयुमै व्यञ्जनकारका नाममा मोही नामसारी हुने गरी राय व्यक्त गर्नुभएको र माननीय न्यायाधीश श्री तर्कराज भट्टले मोही नामसारी गरिपाउँ भन्ने वादी दाबी खारेज हुने ठहर्याएको सुरू भूमिसुधार कार्यालयको निर्णय सदर गरेको पुनरावेदन अदालत, पाटनको फैसला सदर हुने गरी छुट्टै राय व्यक्त गर्नु भई सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम पूर्ण इजलासको दायरीमा दर्ता भई निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको देखियो । | माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाहले व्यक्त गर्नुभएको राय र दाबीको जग्गाको मोही नामसारी गरिपाउँ भन्ने वादी तुयुमै व्यञ्जनकारको दाबी खारेज हुने ठहर्याएको सुरू भूमिसुधार कार्यालयको फैसला सदर गरेको पुनरावेदन अदालत, पाटनको फैसला सदर हुने गरी माननीय न्यायाधीश श्री तर्कराज भट्टले व्यक्त गर्नु रायमध्ये कुन राय कायम हुने हो भन्ने विषयमा निर्णय दिनुपर्ने देखिन आयो । | माननीय न्यायाधीश श्री तर्कराज भट्टले व्यक्त गर्नुभएको रायसँग सहमत हुन सकिएन । | माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाहले व्यक्त गर्नुभएको राय मनासिब देखिँदा सदर हुने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू । |
| मुद्दा नं. | ०६८-DF-०००८ | ०६८-DF-०००९ | ०६५-CI-०५७१ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७३, नि.नं. 9590 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
