नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9588 · वि.सं. २०७३
नि.नं. 9588 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
प्रतिवादीले अदालतमा पुनरावेदन गर्दा जाहेरवालासमेतको डरले अदालतमा साबित भएको भनी भने तापनि स्वतन्त्ररूपमा बयान गर्न पाइने निष्पक्ष अदालतमा कुनै डर धाकको अवस्था रहन्छ भन्ने सामान्य अवस्थामा स्वीकार गर्न सकिने हुँदैन र आफूउपर डर, धाक दबाब रहेको विशेष अवस्था थियो भन्ने कुरा निज प्रतिवादीले देखाउनसमेत सकेको छैन । तथा निजले अनुसन्धानको क्रममा कर्तव्य ज्यान र जबरजस्ती करणीसमेतको वारदातमा साबित रही गरेको बयानलाई बुझिएका व्यक्तिहरूको कागज, लास जाँच मुचुल्का, शव परीक्षण प्रतिवेदन, जाहेरी दरखास्त, अदालतमा भएको निजकै बयानसमेतबाट स्पष्ट पुष्टि भइरहेको देखिने । (प्रकरण नं.५) जन्मकैद जस्तो अधिकतम कडा सजाय गरिसकेपछि सर्वस्वसमेत गरिनुको औचित्य हालको परिवेशमा असान्दर्भिक हुँदै गएको पनि देखिन्छ । जन्म कैद भुक्तान गरेर समाजमा स्थापित हुन निस्किएको व्यक्तिलाई समाजमा बसेर अघि बढ्ने आधारको रूपमा रहने उसको सम्पूर्ण सम्पत्तिबाट बिहिन गरिनु मानवीय दृष्टिले समेत व्यावहारिक मान्न नसकिने । हालको कानूनी व्यवस्थामा प्रस्तुत मुद्दामा जस्तै अधिकतम सजाय तथा सर्वस्वसमेत गरिएको व्यक्तिले मुलुकी ऐन, दण्ड सजायको २७ नं. बमोजिम सर्वस्वको प्रक्रिया सुरू नभएको अवस्थामा पीडित वा निजको परिवारलाई के कसरी कुन स्रोतबाट क्षतिपुर्ति बुझाउने हो सोको तर्कसङ्गत व्यवस्थासमेत नदेखिने । अधिकतम कडा सजाय भएपछि सर्वस्व गर्ने प्रावधान तथा सर्वस्व गरिसकेपछि प्रतिवादीकै सम्पत्तिबाट क्षतिपूर्ति भराउने सजाय थप सजायको रूपमा रहने प्रावधान हालको अवस्थामा व्यावहारिक नदेखिने भएकोले त्यसतर्फ दृष्टिगत गरी कानूनहरूलाई व्यावहारिक बनाउनेतर्फ पहल गर्नुसमेत सान्दर्भिक देखिन आउने । (प्रकरण नं.६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9588 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2072/12/12 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दीपकराज जोशी | माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय | माननीय न्यायाधीश श्री हरिकुमार पोखरेल | माननीय न्यायाधीश श्री विनोदप्रसाद शर्मा |
| मुद्दा नं. | ०७२-RC-००५६ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७३, नि.नं. 9588 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
