नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9587 · वि.सं. २०७३

नि.नं. 9587 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

असाधारण क्षेत्राधिकार कानून प्रतिकूलको क्षेत्राधिकार नभई कानून कै परिपूरकको क्षेत्राधिकार हो । यसको प्रयोग सामान्य अवस्थामा हुने होइन । कानूनले स्पष्टरूपमा कार्यविधि तोकी दण्ड सजायको ४८ तथा अ.बं. ६५ नं. को व्यवस्थाअनुरूप काम कारवाही गरी ती काम कारवाहीको न्यायिक परीक्षणसमेत भई आदेशको अन्तिमता भइसकेकोमा पुनः रिटबाट हेर्न सकिने अवस्था नहुने । असाधारण क्षेत्रबाट क्षेत्राधिकारको अभाव, क्षेत्राधिकारको इन्कारी, कानूनको त्रुटि, दुषित निर्णय आदि भएमा आदेश जारी गर्ने हो । सारवान् कानूनलाई कार्यविधि कानूनले डोर्‍याउने हो । कार्यविधि कानून र सारवान् कानून दुवैको प्रयोगमा पक्षले आफ्नो सहभागिताबाट चुक्नु हुँदैन । सारवान् र कार्यविधि कानून एकको अभावमा अर्काको अस्तित्व नरहने हुँदा अदालतले कार्यविधि कानूनलाई कम मूल्याङ्कन गरी रिट क्षेत्रबाट हस्तक्षेप गर्न मिल्दैन । म्यादभित्रै उपस्थित भई आफ्नो हक अधिकार प्रयोग नगरी म्याद नघाई थाम्ने थमाउने म्यादसमेत समाप्त गरी साधारण कानूनी अधिकार त्याग गरी असाधारण अधिकारको खोज गर्नुलाई उचित मान्न नसकिने । विलम्बले समन्यायलाई पराजित गर्नेसमेत हुँदा निवेदकलाई असाधारण क्षेत्रअन्तर्गत ढिलो गरी आएको अवस्थामा अदालतले सहयोग गर्न सक्दैन । सामान्य कानूनी अधिकारको बाटो गुमाई असाधारण अधिकारको बाटोबाट आफ्नो अधिकारको खोजी गर्ने कार्य समन्यायिक समेत नदेखिने । (प्रकरण नं.३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9587
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2072/04/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोपाल पराजुली | माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र
मुद्दा नं.०६९-WO-१२७०
उद्धरण सन्दर्भने.का.प. २०७३, नि.नं. 9587
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्