नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9586 · वि.सं. २०७३
नि.नं. 9586 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
प्रतिवादीहरूले कर्तव्य गरी झुन्डिएर मरेको देखाउन उक्त कार्य गरेको अवस्था हुँदो हो त प्रतिवादीका शरीरमा शव परीक्षण गर्ने चिकित्सकहरूले भने जस्तो चोटपटक र संघर्षका चिह्नहरू देखिनु पर्ने हुन्छ । आफूमाथि प्रहार भएको अवस्थामा र आफ्नो मृत्यु अवस्यम्भावी छ भन्ने अवस्थामा बाँच्नका लागि मानिसले सक्दो संघर्ष गर्दछ । त्यस्तो संघर्ष भएको देखिएको चोटपटक लगायतको कुनै कुरा शव परीक्षण प्रतिवेदनबाट देखिन आउँदैन । पुनरावेदन अदालतको फैसलाबाट मृतक निदाएको अवस्थामा कर्तव्य गरी मारेको हुन सक्दछ भन्ने व्यहोरा उल्लेख भएको देखिन्छ । यस्तो हुन सक्छ भन्ने अनुमान गर्ने काम अदालतको होइन । अदालतले वस्तुनिष्ठ तबरले भएका प्रमाणहरू केलाई निष्कर्षमा पुग्नुपर्ने हुन जाने । (प्रकरण नं.१०) मृतकको Suicide Note समेत मृतकको कोठाबाट बरामद भएको छ र उक्त Suicide Note मृतकले लेखेको कुरामा पनि विवाद देखिँदैन । Suicide Note भनेकै आत्महत्या गर्ने संकल्प भएका मानिसले लेख्दछन् । बुबा मलाई माफ गरिबक्सेला ... जुन हजुरको प्रयास असफल भयो......... दिनसम्म यिनीहरूको बचनहरू सुनेर बस्ने...... भन्ने मृतकको आफ्नो बुबासँगै निराशा व्यक्त गर्दै पत्र लेखेको देखिन्छ । Suicide Note लाई एक प्रकारको मृत्युकालीन घोषणाको रूपमा पनि लिनुपर्ने हुन्छ । आफ्नो निराशापूर्ण जीवनलाई उल्लेख गर्दै Suicide Note मा लेखिएको अभिव्यक्तिसमेतको विश्लेषणबाट प्रतिवादीहरूसँगको व्यवहारबाट दिक्क लागेर मृत्युलाई आफैँले रोजेको भन्ने स्पष्ट देखिने । (प्रकरण नं.११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9586 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2072/05/21 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोपाल पराजुली | माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र | माननीय न्यायाधीश श्री मोहनप्रसाद घिमिरे | माननीय न्यायाधीश श्री मिरा खड्का |
| मुद्दा नं. | ०६७-CR-१०७२ | ०६७-CR-१११२ | ०६७-CR-१०८७ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७३, नि.नं. 9586 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
