नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9585 · वि.सं. २०७३
नि.नं. 9585 — उत्प्रेषण / परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
हाम्रो कानून प्रणालीले मुख्य भई अरूको मन्जुरीबाट गरेकोमा बाहेक आफूले स्वतन्त्ररूपमा गरेको व्यवहारबाट सृजित दायित्व स्वयम् व्यवहारकर्ताले नै निर्वाह गर्नुपर्ने भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ । प्रतिवादी लक्ष्मणबाट भराउनु पर्ने बिगो तथा हर्जाना निजकै स्रोतबाट मात्र भराउनु पर्ने हुन्छ । फैसला कार्यान्वयन गराउने सन्दर्भमा दण्ड सजायको महलको २६ नं. समेतले स्पष्टरूपमा उल्लेख गरेकै छ । फैसला कार्यान्वयनको क्रममा प्रतिवादीको पिताको नाममा दर्ता रहेका कि.नं. ११३० र कि.नं. १२०२ जग्गाबाट जाहेरवालाहरूले बिगो र हर्जाना भराई लिँदा अरू अंशियारको हकमा असर पारी उनीहरूको सम्पत्ति प्राप्त गर्न नैसर्गिक हकमा आघात पार्न जाने देखिन्छ । जिल्ला अदालतको अरू अंशियाराहरूलाई असर पार्ने गरी भरिभराउ गर्ने कार्य गरेउपर अंश हकमा प्रभाव पर्न जाने पक्षले त्यसको उपचार खोजी बदर गराउन पाउने नै हुने । वैकल्पिक उपचारको विद्यमानता रहेको अवस्थामा उत्प्रेषणको आदेश जारी गर्न मिल्दैन । फैसला कार्यान्वयनको अवस्थामा जिल्ला अदालतले गरेको आदेशलाई बदर गरी कानूनअनुरूप गरेको पुनरावेदन अदालतको आदेशलाई असाधारण क्षेत्राधिकारअन्तर्गत बदर गर्नुपर्ने प्रस्तुत मुद्दामा कुनै आधार देखिँदैन । विना आधार उत्प्रेषणको आदेश जारी गर्दा न्याय निस्पादन गर्ने निकायहरूमा अनिश्चितता हुनुका साथै फैसलाको अन्त हुने अवस्थासमेत देखिँदैन । जसबाट निवेदक स्वयंसमेतलाई असर पर्न जाने । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9585 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण / परमादेश |
| निर्णय वर्ष / मिति | 2072/04/28 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोपाल पराजुली | माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र |
| मुद्दा नं. | ०७०-WO-०६६६ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७३, नि.नं. 9585 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
