नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9584 · वि.सं. २०७३
नि.नं. 9584 — उत्तरपुस्तिका कोडिङसमेतको अनियमित कार्य गरी भ्रष्टाचार गरेको
सिद्धान्त / नजिर सार (Headnote Summary)
उत्तरपुस्तिका कोडिङ गर्ने कार्य यस्तो तथा यसरी मात्रै गर्न सक्ने भन्नेनिश्चित कार्यविधि भएको देखिएको छैन । कोडिङ हुनैपर्ने बाध्यात्मक कार्यविधिको स्पष्टताको पुष्टि वादीद्वारा गरेको पनि देखिँदैन । विश्वविद्यालयको प्रवेश परीक्षा जस्तो गहन विषयको परीक्षामा उत्तरपुस्तिका परीक्षण गर्न कोडिङ विना सम्भव पनि नदेखिने । (प्रकरण नं.६) आफ्नो जिम्माको परीक्षासँग सम्बन्धित उत्तरपुस्तिका तथा सोसँग सम्बन्धित कागजातहरू प्रतिवादीले बुक गरेको होटलमा राख्न नसक्ने भन्ने कहीँ कतैबाट स्थापित पनि छैन । परीक्षासँग सम्बन्धित पदाधिकारीले अवस्थाअनुसार परीक्षाको गोपनीयता तथा संवेदनशीलतालाई ध्यानमा राख्दै सोको लागि उचित निर्णय गर्न सक्ने नै मान्नु पर्ने । उत्तरपुस्तिकाको व्यवस्थापन परीक्षा उपसमितिका जिम्मेवार पदाधिकारीद्वारा होटलमा गरिएको कोडिङको कार्यलाई गैरकानूनी मान्न मिल्ने नदेखिने । (प्रकरण नं.७) भ्रष्टाचार नैतिक पतन देखिने गम्भीर प्रकृतिको कसुर हो । फौजदारी कसुर प्रमाणद्वारा सुस्पष्टरूपमा स्थापित भएको अवस्थामा मात्र प्रतिवादीलाई दोषी मान्न सकिन्छ । प्रचलित कानूनको बाध्यात्मक व्यवस्थाको उल्लङ्घन तथा कानूनले गर्न भनेको कुराको पालना नगरेमा मात्र फौजदारी दायित्वको सिर्जना हुन्छ । फौजदारी दायित्वको पुष्टि नभईकन दोषी ठहर गर्न विधिशास्त्रले नदिने । (प्रकरण नं.८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9584 |
|---|---|
| मुद्दाको विषय | उत्तरपुस्तिका कोडिङसमेतको अनियमित कार्य गरी भ्रष्टाचार गरेको |
| निर्णय वर्ष / मिति | 2072/06/17 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोपाल पराजुली | माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र |
| मुद्दा नं. | ०७०-CR-०२३७ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७३, नि.नं. 9584 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
