नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9579 · वि.सं. २०७३
नि.नं. 9579 — उत्प्रेषण / परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
प्रहरी ऐन, २०१२ मुलुकमा हुने अपराधलाई रोक्ने र पत्ता लगाउने सुयोग्य साधन बनाई शान्ति र व्यवस्था कायम राख्न निर्माण गरिएको भन्ने उक्त ऐनको प्रस्तावनाबाट झल्कन्छ । कुनै पनि संगठनभित्र अनुशासन, मर्यादित व्यवहार र आचरणको अपेक्षा राखिए जस्तै प्रहरी संगठनभित्र पनि त्यसको खाँचो हुन्छ नै । संगठनभित्र हुने अनुशासनहीन कार्य रोक्न, त्यस्तो कार्य गर्नेलाई सजाय गर्न र अन्यलाई पनि विद्रोह जस्तो कार्यमा दुरूत्साहित नहुन् भन्ने उद्देश्यले समेत उचित र पर्याप्त सजाय गरी अनुशासन वहाल राख्न जरूरी हुने । (प्रकरण नं.३) रिट निवेदकहरूले प्रहरी संगठनमा विरोध प्रदर्शन गरेको कुरा रिट निवेदनमा नै उल्लेख गरेको पाइन्छ । रिट निवेदनमा आफूले गरेको कार्य सशस्त्र विद्रोह नभएको भन्ने पनि जिकिर लिएको सन्दर्भमा हेर्दा सशस्त्र प्रहरी ऐन, २०५८ मा गरिएको सशस्त्र विद्रोहको परिभाषाअनुसार नेपाल राष्ट्रको सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकतामा खलल पर्ने कार्य नगरेको भन्ने कुराको आधार लिएको देखिन्छ । सशस्त्र प्रहरी ऐनले गरेको परिभाषा सशस्त्र प्रहरीको लागि भएको र त्यसलाई सोही प्रसङ्ग र अर्थमा बुझ्नुपर्ने हुन्छ जबकी प्रहरी ऐनमा उल्लिखित सशस्त्र विद्रोहको अर्थ प्रहरी ऐनकै सन्दर्भमा नै हेर्नुपर्ने हुन्छ । यसमा सशस्त्र प्रहरी ऐन, २०५८ को व्यवस्था आकर्षित हुन नसक्ने । (प्रकरण नं.४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9579 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण / परमादेश |
| निर्णय वर्ष / मिति | 2072/04/18 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र |
| मुद्दा नं. | ०७१-WO-१२६२ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७३, नि.नं. 9579 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
