नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9578 · वि.सं. २०७३

नि.नं. 9578 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

बैंक तथा वित्तिय संस्थासम्बन्धी ऐन, २०६३ को दफा ५७ मा "कर्जा असुलीसम्बन्धी व्यवस्था" भई उपदफा (१) मा "... ऋणीले इजाजत प्राप्त संस्थालाई लेखिदिए वा इजाजतप्राप्त संस्थामा राखेको धितो सुरक्षालाई कर्जा रकम असुलीको प्रयोजनार्थ इजाजतप्राप्त संस्थाले लिलाम बिक्री वा अन्य कुनै व्यवस्था गरी आफ्नो सावाँ ब्याज असुलउपर गर्न सक्नेछ" भन्ने कानूनी व्यवस्थाअनुसार ऋणीले आफूले लिएको कर्जा रकम भुक्तान नगरेमा कर्जा सुरक्षणको रूपमा रहेको घरजग्गासमेतका सम्पत्ति कानूनबमोजिमको प्रक्रिया पुरा गरी इजाजतप्राप्त संस्थाले आफूले लिनुपर्ने सावाँ ब्याजसमेतको लेना रकमबापत लिलाम गर्नसक्ने हुँदा त्यस्तो लिलाममा सबैभन्दा बढी मूल्यमा धितो सकार गर्ने व्यक्तिको नाममा धितो बिक्री गर्ने निर्णय गरी दा.खा. गर्न पठाएको कार्यलाई अवैध भन्न नमिल्ने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9578
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2072/03/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र
मुद्दा नं.०६५-WO-१०४७ | ०६७-AP-०२१८
उद्धरण सन्दर्भने.का.प. २०७३, नि.नं. 9578
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्