नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9571 · वि.सं. २०७३
नि.नं. 9571 — गौबध
सिद्धान्त / नजिर सार (Headnote Summary)
पुनरावेदक प्रतिवादीहरूले अदालतसमक्ष बयान गर्दा बाच्छी मारेको होइन भनी कसुरमा इन्कार रहे पनि अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयानमा भएको सहीछाप आफ्नै भएको हो भनी गरेका र अधिकारप्राप्त अधिकारीसमक्षको बयान अचेत अवस्थामा गरेको वा बाध्य पारी वा यातना दिई वा यातना दिने धम्की दिई वा आफ्नो इच्छा विरूद्ध सो कुरा व्यक्त गर्ने स्थितिमा पारी सो कुरा व्यक्त गरेको भनी अदालतमा बयान गर्दा भन्न सकेको देखिँदैन । अधिकारप्राप्त अधिकारीसमक्ष स्वतन्त्ररूपमा स्वेच्छाले कसुर स्वीकार गरी बयान दिएपछि अदालतसमक्ष बयान गर्दा इन्कार रहेको आधारमा मात्र कसुरदार होइनन् भन्न नमिल्ने । (प्रकरण नं.४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9571 |
|---|---|
| मुद्दाको विषय | गौबध |
| निर्णय वर्ष / मिति | 2072/09/30 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. | माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल |
| मुद्दा नं. | ०७०-CR-०१७९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७३, नि.नं. 9571 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
