नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9566 · वि.सं. २०७३

नि.नं. 9566 — लगानी सुरक्षित गरी कानूनबमोजिमको क्षतिपूर्ति रकमसमेत दिलाई भराई पाऊँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

पुनरावेदक र प्रत्यर्थीबिच सर्वसम्मत सम्झौता भई उद्योगमा संयुक्त लगानी गर्न मन्जुर भएकोमा सम्झौताबमोजिमको सेयरको हिस्सा पुनरावेदकले नबुझाएकोमा प्रत्यर्थी प्रतिवादीले उद्योग विभागमा दिएको उजुरीअनुसार विवादको समाधान हुन सकेको देखिँदैन । सो सम्झौताको पालनामा सम्झौता गर्ने पक्षहरूले मध्यस्थताद्वारा आफ्नो विवादको समाधान गराउन सक्ने एकातर्फ उपचारको व्यवस्था देखिन्छ भने अर्कोतर्फ कानूनबमोजिम भएका निर्णयमा क्षतिपूर्तिबाट कसरी कुन क्षतिबाट नोक्सानी भएको भन्ने स्थापित नहुँदासम्म क्षतिपूर्ति दिलाउन सकिने अवस्था नहुने । क्षतिपूर्ति कानूनमा क्षति पुर्‍याउने र क्षति पर्नेका बिचको बदनियत वा त्यस्तो घटनालाई वस्तुनिष्ठ तवरबाट देखाइएको हुनुपर्छ । कानूनबमोजिम भएका निर्णयमा निर्णयकर्ताले दूषित कार्य गरेको वा कानूनको पालना नगरेको अवस्थामा पनि तहतह हुँदै त्यस्तो निर्णय सच्याउन सक्ने व्यवस्था भइरहेको देखिँदा प्रत्यक्ष हानि भएको सबुद निवेदक पक्षले गुजार्न नसकेको अवस्थामा क्षतिपूर्ति भराउन सकिने नदेखिने । उद्योग विभागले कानूनबमोजिम कारवाही गर्न कम्पनी रजिस्ट्रारको कार्यालयमा पठाएकोमा कम्पनी रजिस्ट्रारको कार्यालयले कम्पनीको १० प्रतिशत सेयर लिने सेयर धनीले माग गरेमा विशेष साधारण सभा बोलाई दिन सक्ने कम्पनी ऐन, २०६३ को दफा ८२९(४) को कानूनी व्यवस्थाअनुसार बोलाएको विशेष साधारण सभाको निर्णयानुसार कम्पनीलाई एकल सेयरधनी भएको कम्पनीमा परिणत गरी सोहीबमोजिम प्रबन्ध पत्र र नियमावलीमा भएको संशोधन तथा अभिलेखीकरण गरेको कार्य पनि रितपूर्वक नै देखिएको र प्रत्यर्थीलाई सजायको स्पष्ट दाबी नभई सजाय गर्न मिल्ने नदेखिने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9566
मुद्दाको विषयलगानी सुरक्षित गरी कानूनबमोजिमको क्षतिपूर्ति रकमसमेत दिलाई भराई पाऊँ ।
निर्णय वर्ष / मिति2071/12/26
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोपाल पराजुली | माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल
मुद्दा नं.०६८-CI-१४७६
उद्धरण सन्दर्भने.का.प. २०७३, नि.नं. 9566
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्