नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9565 · वि.सं. २०७३
नि.नं. 9565 — उत्प्रेषण / परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
कुनै पदाधिकारीको त्रुटि वा भुलको कारण कुनै कर्मचारीलाई निजले प्राप्त गरेको कानूनी हकबाट वञ्चित गर्न मिल्दैन । कुनै पदाधिकारीको त्रुटि वा भूलको कारण कार्य सम्पादन मूल्याङ्कन फाराममा पुनरावलोकन समितिबाट मूल्याङ्कन हुन छुट भएको अवस्थामा त्यस्तो कार्य सम्पादन मूल्याङ्कन फाराम पेस गर्ने कर्मचारीलाई बढुवाबाट वञ्चित गर्ने हो भने कर्मचारीको पदोन्नति सम्बन्धित प्रावधान कानूनी हकको रूपमा नभई कुनै पदाधिकारी वा कार्यालयको स्वेच्छामा निर्भर रहन जाने । यस्तो अवस्थामा आफूले बढुवा गराउन चाहेको कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन फाराम सुपरिवेक्षक, पुनरावलोकनकर्ता तथा पुनरावलोकन समितिबाट मूल्याङ्कन गराइराख्ने र बढुवा गराउन नचाहेको कर्मचारीको फाराम मूल्याङ्कन नै नगराई राख्ने प्रवृत्तिको विकास हुने । कार्य सम्पादन मूल्याङ्कन फाराम भरी समयमा पेस गर्ने कर्तव्य पुरा गरेको अवस्थामा आफ्नो गल्ती वा दोष बेगर अन्य पदाधिकारीको त्रुटि वा भुलको परिणाम आफ्नो दायित्व पुरा गर्ने कर्मचारीले भोग्नुपर्दछ भन्नु न्यायोचित नहुने । (प्रकरण नं.६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9565 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण / परमादेश |
| निर्णय वर्ष / मिति | 2072/03/09 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोपाल पराजुली | माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल |
| मुद्दा नं. | ०७०-WO-०६६२ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७३, नि.नं. 9565 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
