नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9564 · वि.सं. २०७३
नि.नं. 9564 — निषेधाज्ञा / परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
समावेशीरूपमा कोटा छुट्याई विज्ञापन प्रकाशित हुनुपर्ने निवेदकको भनाई भए आवेदन फर्म बुझाउनुभन्दा अगावै उजुर गर्न आउनु पर्दछ । प्रकाशित विज्ञापनअनुसार आवेदन फर्म बुझाइसकेकोले विज्ञापन प्रकाशनको कार्यबाट निजको हकमा आघात पुग्ने आशंका रहेको भनाई तथ्यसङ्गत छैन । समावेशीरूपबाट विज्ञापन प्रकाशित हुनको लागि सोको कोटा नै नछुट्याएको र कोटा छुट्याउनु पर्ने नपर्ने, विद्यालयमा कति शिक्षक रहेको नरहेको आदि विषय नीतिगत विषय भएकोले सो सम्बन्धमा परमादेशको आदेशबाट हस्तक्षेप गर्न नमिल्ने । (प्रकरण नं.४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9564 |
|---|---|
| मुद्दाको विषय | निषेधाज्ञा / परमादेश |
| निर्णय वर्ष / मिति | 2072/04/32 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोपाल पराजुली | माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ | माननीय न्यायाधीश श्री शम्भु बहादुर खड्का | माननीय न्यायाधीश श्री हरि कुमार पोखरेल |
| मुद्दा नं. | ०६८-CI-०८९६ | ०६८-WO-०६६३ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७३, नि.नं. 9564 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
