नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9563 · वि.सं. २०७३
नि.नं. 9563 — राज्य विरूद्धको अपराध (राज्य विप्लव)
सिद्धान्त / नजिर सार (Headnote Summary)
प्रतिवादीलाई आफ्ना विचारहरू अभिव्यक्त गर्ने, विना हातहतियार भेला हुने राजनीतिक दल खोल्ने तथा संघ संगठन खोल्ने नेपालको कुनै पनि भागमा आवतजावत र बसोबास गर्ने समेतका स्वतन्त्रताको हक संविधानले नै प्रत्याभूत गरेको देखिन्छ । उपरोक्त स्वतन्त्रताहरू निरपेक्ष नभई सापेक्षित स्वतन्त्रता हुन् । उक्त स्वतन्त्रताहरूलाई राज्यले उचित कानून बनाई सङ्कुचन र नियन्त्रण गर्न सक्ने । (प्रकरण नं.९) अनुसन्धानको क्रममा बुझिएका मानिसहरूले अदालतमा गरेको बकपत्रबाट प्रतिवादीले जबरजस्ती मानिसहरू भेलाजम्मा गराई डर त्रास देखाई आतङ्कित बनाएको तथा शान्ति सुरक्षामा खलल् पार्ने कार्य गरेको भन्ने देखिँदैन । प्रतिवादीले बल प्रयोग गरी शान्ति अमनचयन भङ्ग गरी अशान्ति मच्चाएको वा हुलदङ्गा गरी शान्ति र व्यवस्थामा खलल् पुर्याई अव्यवस्था उत्पन्न गरेको भन्ने मिसिल संलग्न कागजातबाट देखिँदैन । प्रतिवादीबाट कुनै हातहतियार, आपत्तिजनक तथा संवेदनशील विष्फोटक पदार्थ, प्रज्वलनशील तथा मधेशलाई नेपालबाट विखण्ड गर्ने खालका कुनै वस्तु बरामद भएको नदेखिँदा प्रतिवादीलाई अभियोग दाबीबमोजिम कसुरदार ठहर गर्न नमिल्ने । (प्रकरण नं.११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9563 |
|---|---|
| मुद्दाको विषय | राज्य विरूद्धको अपराध (राज्य विप्लव) |
| निर्णय वर्ष / मिति | 2072/10/03 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय | माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल |
| मुद्दा नं. | ०७२-CR-०३१३ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७३, नि.नं. 9563 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
