नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9562 · वि.सं. २०७३

नि.नं. 9562 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

कसैले कानूनद्वारा निषेधित कार्य गरेमा वा कानूनद्वारा गर्नुपर्ने कार्य नगरेमा फौजदारी दायित्व सिर्जना हुन्छ । प्रतिवादी सम्झना क्षेत्रीले मौकामा अधिकारप्राप्त अधिकारीसमक्ष मलाई चन्द्रबहादुर बोहरासँग घृणा लागेर आउने र माधव घिमिरेसँग माया लागेर आउन थाल्यो । माधव घिमिरेले मलाई विवाह गर्छु भन्दा मैले बाधा अवरोधहरू छन् उसले बाधा अवरोध मैले हटाउँछु भन्यो । मैले कसरी भन्दा चन्द्रबहादुरलाई सफाया गरी दिन्छु, ठीक पारी दिन्छु भन्यो भनी बयान गरेको पाइन्छ । यसरी प्रतिवादीले सफाया गरी दिन्छु भनी मौकामा भनेको कुरा प्रति कुनै उजुर आपत्ति नगरी त्यसलाई समर्थन गरी बसेको र सोही अनुसारको घटना घटी फौजदारी अपराधको दूष्परिणाम निस्केपछि जाहेरी दिएको देखिने । घटना घटाउन सहमति जनाई अपराधको दूष्परिणाम निस्केपछि जाहेरी दिएको आधारमामात्र प्रतिवादीले फौजदारी दायित्वबाट सफाई पाउन सक्ने अवस्था नरहने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9562
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2072/10/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय | माननीय न्यायाधीश श्री चोलेन्द्र शम्शेर ज.ब.रा.
मुद्दा नं.०७०-CR-०२१२ | ०६९-CR-०७३८ | ०७२-RC-००३३
उद्धरण सन्दर्भने.का.प. २०७३, नि.नं. 9562
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्