नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9561 · वि.सं. २०७३
नि.नं. 9561 — उत्प्रेषण / परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
सरकारी कर्मचारीहरू आफ्नो कार्यसमयमा सचेत र संवेदनशील भई सेवाग्राहीलाई सेवा प्रवाह गरेको अवस्थामा मात्र असल शासन (Good Governance) को मूल्य र मान्यताले सार्थकता पाउन सक्ने । (प्रकरण नं.४) कुनै पनि निजामती कर्मचारीले सेवाग्राहीलाई मोबाइल फोनको प्रयोगलगायतको कुनै पनि कारणबाट सेवा प्रवाह गर्नेक्रममा ढिलासुस्ती गरेको अवस्थामा निजामती सेवा ऐन, २०४९ को दफा ५९, ६० र ६२ अनुसार विभागीय प्रमुखसमक्ष उपचार माग गर्ने वैकल्पिक उपचारको बाटो विद्यमान रहेको देखिने । (प्रकरण नं.७) व्यक्तिगत सोचाइ र रोजाइमा आधारित न्याय होइन पद्धति र प्रक्रियामा आधारित न्याय वाञ्छनीय हुन्छ तसर्थ मनोगत र अनुमानको आधारमा दायर भएको प्रस्तुत रिट निवेदनको माग दाबीबमोजिमको आदेश जारी हुन सक्ने अवस्थाको विद्यमानता देखिन नआउने । (प्रकरण नं.९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9561 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण / परमादेश |
| निर्णय वर्ष / मिति | 2071/12/16 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुशीला कार्की | माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय |
| मुद्दा नं. | ०६७-WO-०१४८ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७३, नि.नं. 9561 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
