नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9559 · वि.सं. २०७३

नि.नं. 9559 — धितो रहेको जग्गा गैरकानूनीरूपमा फुकुवा गरी भ्रष्टाचार गरेको ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

मतियारको सम्बन्धमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ मा "यस ऐनमा अन्यत्र छुट्टै व्यवस्था भएकोमा बाहेक यस ऐनअन्तर्गत सजाय हुने कुनै कसुरको मतियारलाई त्यस्तो कसुर गर्ने राष्ट्रसेवक वा अन्य कुनै व्यक्तिलाई हुने सजायको आधा सजाय हुनेछ । तर कसुर गर्ने राष्ट्रसेवक वा अन्य कुनै व्यक्तिलाई त्यस्तो कसुर गरेबापत नगदी, जिन्सी वा अन्य कुनै सुविधा वा लाभ उपलब्ध गराई दिने वा आफूले लिने मतियारलाई कसुर गर्ने व्यक्तिसरह नै सजाय हुनेछ" भन्ने व्यवस्था रहेको अवस्थामा जुन कामको लागि जग्गा धितो राखेको हो सो काम नै सम्पन्न नभइसक्दैको अवस्थामा त्यसरी धितोमा राखेको जग्गा फुकुवा हुन सक्दैन । सो कुरा जान्दाजान्दै प्रतिवादी शिवकुमार अग्रवालले जग्गा फुकुवा गर्न विभिन्न व्यक्तिहरूलाई परिचालन गरेको भन्ने कुरा निजकै स्वीकारोक्तिबाट पुष्टि भएको देखिन्छ । यिनै विश्लेषित आधार एवं कारणबाट गैरकानूनी जग्गा फुकुवा गर्ने कार्यमा निजको सहयोगीको भूमिका रहेको पुष्टि भएकोले निजलाई मतियारमा सजाय गरेको विशेष अदालत, काठमाडौंको मिति २०६६।३।१५ को फैसलालाई अन्यथा भन्न नमिल्ने । (प्रकरण नं.५) गैरकानूनी कार्यको परिणामस्वरूप प्राप्त हुने लाभ पनि गैरकानूनी नै हुने हुन्छ । विवादित जग्गा गैरकानूनी तरिकाले फुकुवा गराउन निजको संलग्नताको पुष्टि नभएको भएपनि त्यस्तो जग्गा आफनो नाममा हा.ब. लिई अर्कैलाई बिक्री गरी बिगो रू. ५३,३७,५००।- (त्रिपन्न लाख सैँतिस हजार पाँच सय रूपैयाँ) गैरकानूनी लाभ लिएकोमा विवाद नदेखिँदा जग्गा फुकुवा गराउने कार्यमा आफ्नो संलग्नता पुष्टि नभएकाले बिगो तिर्न नपर्ने भन्ने प्रतिवादी नरेश अग्रवालको पुनरावेदन जिकिर मनासिब देखिँदैन । आफूले विवादित जग्गा बिक्री गरी नगद लाभ लिएको कुरामा स्वीकारै गरी अन्य जग्गा धितो राख्नसमेत मन्जुरी जनाएको तथ्यबाट निजले विवादित जग्गाको बिक्रीबाट गैरकानूनी लाभ लिएको भन्ने कुरा प्रमाणित भएकोले त्यसरी लाभ लिएको बिगो रकम रू. ५३,३७,५००।- (त्रिपन्न लाख सैंतिस हजार पाँच सय रूपैयाँ) निजबाट काठमाडौं महानगरपालिकाले भराई लिन पाउने गरी विशेष अदालत, काठमाडौंले गरेको फैसलालाई अन्यथा भन्न नमिल्ने । (प्रकरण नं.१०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9559
मुद्दाको विषयधितो रहेको जग्गा गैरकानूनीरूपमा फुकुवा गरी भ्रष्टाचार गरेको ।
निर्णय वर्ष / मिति2071/10/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय | माननीय न्यायाधीश श्री गौरीबहादुर कार्की | माननीय न्यायाधीश श्री भोलाप्रसाद खरेल | माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र
मुद्दा नं.०६६–CR–०२७३ | ०६६–CR–०२७४ | ०६६–CR–०४५४
उद्धरण सन्दर्भने.का.प. २०७३, नि.नं. 9559
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्