नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9557 · वि.सं. २०७३

नि.नं. 9557 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

एउटा सार्वजनिक निकायले पुनरावेदन अदालतको फैसलाबमोजिमको कार्य नगरी उल्टै सम्झौता गर्नुपूर्व राखिएको कार्यसम्पादन जमानत जफत गर्ने भनी निर्णयमा बोलिएका कुराहरूमा वस्तुगत र कारणसहितका कानूनसम्मत आधार छन् छैनन् भन्ने न्यायिक परीक्षणको विषय हुने र पुनरावेदन अदालतको फैसलाबमोजिम कार्यान्वयन भएको नपाइएमा र भइरहेको कानूनबाट प्रभावकारी उपचार प्राप्त हुन नसक्ने अवस्था सिर्जना भएमा उक्त फैसलाबमोजिम कार्यान्वयन गर्न गराउनका लागि उपचारको माग गर्न र त्यस्तो माग ग्रहण गरी आदेश जारी गर्न न्यायसम्मत नै हुने हुँदा सोतर्फको विपक्षीको पुनरावेदन जिकिर मनासिब देखिन नआउने । (प्रकरण नं.८) सम्झौताअनुसार करार कार्यान्वयनको चरणमा प्रवेश हुन नै नदिई निवेदकले राखेको कार्यसम्पादन जमानत जफत गरिएको छ । कार्यसम्पादन जमानत के कस्तो अवस्थामा मात्र जफत हुन सक्ने अवस्था हो भन्ने कुरामा सम्झौतामा भएका सर्त हेर्नुपर्ने । (प्रकरण नं.१०) विधिवत् सम्झौता गरेपछि सम्झौता बमोजिम एल.सी.खोल्नेलगायतका आफैँले गर्नुपर्ने कार्य गर्न नसकी आफू दायित्व बिहीन बनेर निवेदककै कार्यसम्पादन जमानत रकमसमेत उल्टै जफत गर्ने विपक्षीको कार्य करार कानूनको र न्यायको आधारभूत सिद्धान्तसमेत प्रतिकूल देखिन आएको छ । आफैँ प्रतितपत्र नखोल्ने तर सम्झौता कार्यान्वयन गरेन भनी अर्को पक्षउपर आरोप लगाउने विपक्षी कम्पनीको कामकारवाही उचित र तर्कसङ्गतसमेत नहुने । कार्यसम्पादन जमानत रकम अनिश्चित समयसम्म रोक्ने र जफत गर्ने कार्यबाट निवेदकको क्षति भएको भए त्यसको क्षतिपूर्ति परिपुरण गर्ने उदार दृष्टिकोण राख्नुको सट्टा आफू employer तथा सार्वजनिक निकाय भएको नाताले मन लागेको व्यवहार गर्नु राम्रो कुरा पनि होइन । विपक्षी कम्पनीले निवेदकको बारेमा निराधार अविश्वास खडा गरी निवेदकले पाइसकेको ठेक्का अवरूद्ध गर्न र कार्यान्वयनका लागि असमर्थ बनाउने कार्य गैरकानूनी देखिएकोले त्यस्तो कार्य सह्य र ग्राह्य मान्न मिलेन । सार्वजनिक कम्पनी भएकोले मात्रै यस्ता गैरकानूनी कामकारवाही र निर्णयसमेत उन्मुक्तियुक्त एवं दायित्वविहीन हुन्छ भन्न पनि उपयुक्त नहुने । (प्रकरण नं.१२) निवेदक कम्पनीले सम्झौताको कुनै पनि सर्त उल्लङ्घन नगरेको अवस्था र सम्झौताबमोजिम प्रतितपत्र खोल्ने दायित्व कृषि सामग्री कम्पनीको भएकोमा आफैँ प्रतितपत्र नखोल्ने तर कार्यसम्पादन जमानत जफत गर्ने विपक्षको निर्णयमा दूषित मनसाय रहेको प्रस्ट हुन्छ । यस्तो दूषित मनसाय राखी सम्झौताको सर्तबमोजिम कार्य गर्न प्रारम्भबाट नै अवरोध खडा गरी कार्यसम्पादन जमानत जफतको निर्णय गर्नु सार्वजनिक निकायको असल चरित्रको कार्यक्षेत्रभन्दा बाहिरको विषय हुन जाने । (प्रकरण नं.१४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9557
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2072/09/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ | माननीय न्यायाधीश श्री बाबुराम रेग्मी | माननीय न्यायाधीश श्री रत्नबहादुर वागचन्द
मुद्दा नं.०७०-CI-०४७६ | ०६३-WO-०४०१ | ०६८-WO-०४०१
उद्धरण सन्दर्भने.का.प. २०७३, नि.नं. 9557
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्