नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9548 · वि.सं. २०७३
नि.नं. 9548 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
प्रतिवादीले एकातिर आत्मरक्षाको जिकिर लिएको देखिन्छ भने अर्कोतिर अ.बं. १८८ नं. बमोजिम घटी सजाय पाउनु पर्ने जिकिर पनि लिएको देखिन्छ । आत्मरक्षाको जिकिर पुगेको खण्डमा प्रतिवादीले अभियोगदाबीबाट सफाइ पाउने अवस्था रहन्छ । अ.बं. १८८ नं. को राय भनेको ज्यानसम्बन्धीको महलको १३ नं. को कसुरदार ठहरिएकालाई कसुर गर्दाको परिस्थितिको विचार गरेर घटी सजाय गर्ने कानून हो । अ.बं. १८८ नं. को माग गर्नु भनेको आफूबाट उक्त १३ नं. को कसुर भएको हो भन्ने प्रतिवादीको स्वीकारोक्ति हो । (प्रकरण नं.१०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9548 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2072/08/24 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय | माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र |
| मुद्दा नं. | ०६९-CR-०२२९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७३, नि.नं. 9548 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
