नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9540 · वि.सं. २०७३
नि.नं. 9540 — बन्डा बदर, दर्ता बदर दर्ता कायम
सिद्धान्त / नजिर सार (Headnote Summary)
मुद्दामा प्रतिवादीहरूका पितासमेतले २०२२ सालमा नै वादीका पितालाई राजीनामा गरी दिएको जग्गा प्रतिवादीका पिताले आफ्नै नाममा नापी दर्ता गराई आफू र छोराहरूका बिचमा बन्डापत्र पारित गरेको कार्य दूषित प्रकृतिको भै सो दूषित कार्यले कानूनी मान्यता प्राप्त गर्न सक्ने देखिएन । तसर्थ प्रस्तुत मुद्दामा जग्गा पजनीको २क नं. बमोजिमको हदम्याद आकर्षित हुन नसक्ने भनी हदम्यादको आधारमा फिराद खारेज हुने ठहर्याएको सुरू तथा पुनरावेदन अदालतको फैसला मिलेको देखिन नआउने । (प्रकरण नं.६) पुनरावेदक वादीका बाबुले प्रतिवादीका बाबुसमेतबाट मिति २०२२।८।११ मा गरिलिएको राजीनामा लिखतलाई प्रतिवादीहरूका बाबुले लिखितरूपमा स्वीकार गरिरहेको एवम् दाबीको जग्गामा वादीको घरबास रहेको कुरा अंश मुद्दाको तायदातीबाट देखिइरहेको तथा उक्त जग्गा नामसारी दाखिल खारिज गरिलिन पाउने वादीको हक सुरक्षित नै रहेको हुँदासमेत वादी दाबी पुग्ने गरी ठहर निर्णय गर्नुपर्नेमा वादीको फिराद हदम्यादका आधारमा खारेज हुने ठहर्याई सुरू जिल्ला अदालतले गरेको फैसला सदर हुने ठहर्याएको पुनरावेदनको फैसला त्रुटिपूर्ण देखिँदा उल्टी भई वादी दाबीको कि.नं. ६८ को ०-२-१० जग्गामध्ये पश्चिमतर्फबाट ०-१-५ जग्गाको प्रतिवादीहरूका बिचमा मालपोत कार्यालय, रौतहटबाट मिति २०५८।६।३ मा पारित भएको बन्डापत्र र सोका आधारमा भएको प्रतिवादी प्रमोदकुमार यादवका नामको सो हदसम्मको दर्तासमेत बदर भई वादीका नाममा दर्ता कायम हुने । (प्रकरण नं.७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9540 |
|---|---|
| मुद्दाको विषय | बन्डा बदर, दर्ता बदर दर्ता कायम |
| निर्णय वर्ष / मिति | 2072/08/20 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ |
| मुद्दा नं. | ०६८-CI-०६९१ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७३, नि.नं. 9540 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
