नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9535 · वि.सं. २०७३

नि.नं. 9535 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

फैसला कार्यान्वयनको कारणबाट होस् वा अंशबन्डा भएर होस् निवेदक सहजरामले पाउने भनेको दुई भागको एक भागमात्र हो । अतः तहसिलदारको पछिल्लो आदेशबाट निवेदक सहजरामलाई कुनै मर्का परेको छैन । रिट अधिकारक्षेत्रको स्रोत समन्याय हो । प्रत्येक कानूनी त्रुटिमा यो आदेश आफसेआफ जारी हुँदैन । निवेदकलाई कुनै अन्याय नै नपरेको अवस्थामा यो कानूनको रित नपुगेको यस्तो त्रुटि भएको भनी निवेदन दिने हकदैया निवेदकसँग नहुने । (प्रकरण नं.१३) मुलुकी ऐन, अंशबन्डाको महलको १० नं. मा “बाबुआमाको जिउ छउञ्जेल अंश दिन छोराछोरीले बाबु आमालाई बाध्य गराउन सक्ने छैनन् । ...स्वास्नीले पनि लोग्नेको जिउ छउञ्जेल लोग्नेको मन्जुरी बिना अंश लिई छुट्टिन पाउँदिन ।...”, ऐ. को १९ नं मा “अंश नलिएका स्वास्नी, छोरा, अविवाहित छोरी वा विधवा बुहारी हुने मानिसको चल अचल सम्पत्तिमा देहायमा लेखिएबमोजिम हुन्छ ।” भन्ने व्यहोरा र देहाय (१) देखि (४) सम्मको व्यवस्था तथा लेनदेन व्यवहारको महलको ८, ९ समेतका कानून र यस अदालतबाट विभिन्न फैसलामा व्यक्त धारणाअनुसार सन्तानको लागि बाबु-आमा र स्वास्नीको लागि लोग्नेको जुन हैसियत स्थान रहन्छ एक भाइ अर्को भाइको लागि सोसरहको हैसियतमा रहेको हुँदैन । लेनदेन व्यवहारको ९ नं. ले बाबु आमा र लोग्नेलाई प्रधानता दिएको हो । सो कानूनले बाबु आमा लोग्नेको सम्पत्तिमा छोरा स्वास्नीको हक पुगेपछिमात्र साहुले बिगो भराउन पाउने भनी गरेको व्यवस्था समान स्तरको दाजु भाइले गरेको व्यवहारमा आकर्षित हुने नदेखिने । (प्रकरण नं.१५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9535
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2072/08/10
न्यायाधीशमाननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय | माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र
मुद्दा नं.०७१-WO-००४७
उद्धरण सन्दर्भने.का.प. २०७३, नि.नं. 9535
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्