नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9533 · वि.सं. २०७३
नि.नं. 9533 — लिखत दर्ता बदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
लेनदेन व्यवहारको १० नं. को कानूनी व्यवस्थाअनुसार लिखत बदर गराई पाउन १ वर्षसम्म थाहा पाएको ३५ दिनभित्र मुद्दा दायर गरी सक्नु पर्ने देखिन्छ भने लेनदेन व्यवहारको ४० नं. अनुसार यस्तो व्यवहार गरेको सदर हुँदैन भन्ने अर्थ गरी २ वर्षको अवधि नघाई जहिलेसुकै मुद्दा दायर गर्न सक्ने देखिँदैन । आफ्नो समेत हक लाग्ने जग्गा सगोलका हकवालाले बिक्री गरेकोमा तहतह बिक्री भैसकेपछि नालेस गर्ने उल्लिखित हदम्याद नाघेपछि मात्र नक्कल सारी थाहा पाएको भन्ने आधारमा जहिलेसुकै उल्लिखित जग्गाहरूको लिखत बदर गराई माग्न पाउने हक यी वादीलाई कानूनले सुरक्षित गरेको देखिन नआउने । लेनदेन व्यवहारको ४० नं. अनुसार अन्यत्र हदम्याद लेखिएको वा हदम्याद लाग्दैन भनेको कुरामा मात्र प्रस्तुत २ वर्षको हदम्याद लाग्न सक्ने हो भने अदालती बन्दोबस्तको ३६ नं. अनुसार हदम्याद नलेखिएको कुरामा मात्र जहिलेसुकै नालिस दिन सकिने हो । जुनसुकै अवस्थामा पनि जहिलेसुकै नालिस दिन पाउने छुट ३६ नं. को उक्त कानूनी व्यवस्थाले गरेको हैन । प्रस्तुत विवादमा लेनदेन व्यवहारको महलमा प्रस्ट हदम्यादको व्यवस्था गरिरहेकोमा हदम्याद नघाई अदालती बन्दोबस्तको ३६ नं. बमोजिम भनी हदम्याद नघाई नालिस दिन पाउने देखिँदैन । अत: आफ्नो हक पुग्ने कुरामा म्यादभित्र नालेस गरी कायम गराउन सक्नु पर्नेमा सो नगरी म्याद नघाई फिराद पर्न आएको देखिई सुरू फैसला उल्टी गरी फिराद दाबी नै खारेज हुने ठहर्याई भएको पुनरावेदन अदालतको फैसला सदर हुने । (प्रकरण नं.३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9533 |
|---|---|
| मुद्दाको विषय | लिखत दर्ता बदर |
| निर्णय वर्ष / मिति | 2071/11/20 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोपाल पराजुली | माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. |
| मुद्दा नं. | ०६९-CI-११५३ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७३, नि.नं. 9533 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
