नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9532 · वि.सं. २०७३
नि.नं. 9532 — बाली
सिद्धान्त / नजिर सार (Headnote Summary)
जग्गा मिच्नेको १८ नं. मा कहीँकतै पनि “फैसला अन्तिम भएको मितिले” भन्ने नभई “हक छुट्टिई अन्तिम किनारा भएका मितिले” भन्ने उल्लेख भएको र अंश मुद्दामा भएको फैसलाअनुसार बन्डा छुट्ट्याई दा.खा. दर्ता गर्ने गरी लगत कट्टाको आदेश मिति २०६४।१।६ मा मात्र भएकोले हक छुट्टिने कार्यले मिति २०६४।१।६ मा मात्र पूर्णता पाएको भन्ने जिकिरका सम्बन्धमा हेर्दा बन्डा छुट्याउने, दाखिलखारेज गर्नेलगायतका कार्य हक बेहक छुट्याउने कुरासित सम्बन्धित नभई अन्तिम फैसलाको कार्यान्वयनको पाटो भएकोले अंश मुद्दाबाट हकबेहक छुट्टिने कुरामा अंश पाउने ठहरी अन्तिम फैसला भएको मिति नै मुद्दाको अन्तिम किनारा मिति मान्नुपर्ने हुन्छ । अत: बन्डा छुट्ट्याई दा.खा. दर्ता गर्ने गरी आदेश भएको मिति अन्तिम किनारा मिति हो भन्ने पुनरावेदन जिकिरसित पनि सहमत हुन नसकिनुका साथै बाली भराइ पाउने हदम्याद नै गुजारी फिराद पर्न आएको र प्रत्यर्थी प्रतिवादीले एकलौटीरूपमा बाली खाएको भन्ने ठोस सबुत प्रमाण वादीले गुजार्न नसकेको अवस्थामा वादीदाबी पुग्न नसक्ने । (प्रकरण नं.३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9532 |
|---|---|
| मुद्दाको विषय | बाली |
| निर्णय वर्ष / मिति | 2072/03/28 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोपाल पराजुली | माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय |
| मुद्दा नं. | ०६८-CI-०५८८ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७३, नि.नं. 9532 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
