नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9524 · वि.सं. २०७३

नि.नं. 9524 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

रिट निवेदकले बागलुङ जिल्ला अदालतमा फिराद पत्र दिन जाँदा नै बागलुङ नगरपालिका कार्यालय र सो कार्यालयका कर्मचारीसमेतलाई प्रतिवादी बनाई नागरिक अधिकार ऐन, २०१२ को दफा ८ र ९ समेतका हकाधिकारमा आघात पुर्‍याएकोले दफा १८ बमोजिम क्षतिपूर्तिसमेतको दाबी लिएको देखिन्छ । उक्त ऐनको दफा १८ को व्यवस्थाअनुसार दफा ८ वा ९ बमोजिम चल अचल सम्पत्ति अपहरण गरेमा वा नोक्सानी पारेकोउपर क्षतिपूर्तिको लागि उजुर गर्नु पर्दा पुनरावेदन अदालतमा नालिस गर्नुपर्ने स्पष्ट कानूनी व्यवस्था रहेको पाइन्छ । रिट निवेदकले उल्लिखित कानूनी व्यवस्थाबमोजिम क्षतिपूर्तिको दाबी लिई पुनरावेदन अदालतमा फिराद दिनुपर्नेमा जिल्ला अदालतमा फिराद दिन गएको देखिएकाले क्षेत्राधिकारको अभावमा जिल्ला अदालतबाट भएको दरपिठ आदेश कानूनसम्मत देखिन आउने । (प्रकरण नं.४) रिट निवेदकले आफ्नो दाबी नागरिक अधिकार ऐन, २०१२ को दफा १७(३) बमोजिमको क्षतिपूर्तिको लागि भएकोमा जिल्ला अदालतमा पनि क्षतिपूर्तिको फिराद लाग्नेमा दरपिठ गरेको नमिलेको भनी निवेदकतर्फबाट उपस्थित कानून व्यवसायीले लिनुभएको जिकिरका सम्बन्धमा हेर्दा उक्त ऐनको दफा १७ को उपदफा (३) अन्तर्गतको व्यवस्था स्वतन्त्ररूपमा क्षतिपूर्ति भराइदिने व्यवस्थासँग सम्बन्धित नभई दफा १७ को उपदफा (१) बमोजिम परेको उजुरीका सम्बन्धमा उपदफा (२) बमोजिम निषेधाज्ञा जारी हुने अवस्थामा आकर्षित हुने व्यवस्था भएको भन्ने देखिन आउँछ । यो व्यवस्था निरपेक्षरूपमा दाबी गरिने क्षतिपूर्तिको उजुरीसँग सम्बन्धित नभई दफा १७ सँग मात्र सीमित रहेको देखिएकाले ऐनको दफा ८ र ९ विरूद्धको हर्जानाको दाबी भएको अवस्थामा पुनरावेदन अदालतमा नै उजुर गर्नुपर्ने स्पष्ट कानूनी प्रावधान दफा १८ मा व्यवस्थित भएकाले यस्तो उजुरी जिल्ला अदालतमा लाग्ने भन्न मिल्ने नदेखिने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9524
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2072/03/03
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ
मुद्दा नं.०६८-WO-०७०९
उद्धरण सन्दर्भने.का.प. २०७३, नि.नं. 9524
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्