नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9523 · वि.सं. २०७३
नि.नं. 9523 — उत्प्रेषण / परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
निवेदकको नाममा २० वर्षभन्दा अघिदेखि दर्ता रहेको हक भोग र दर्ताको जग्गाको दर्ता बदर गर्नुपूर्व दर्तावाला यी रिट निवेदकलाई प्रतिवादको मौका दिई झिकाई बुझी आवश्यक निर्णय गर्नुपर्नेमा मालपोत कार्यालयबाट निवेदकलाई सुनुवाइको मौका नदिई निवेदकको नामको दर्ता बदर गरेको निर्णय प्राकृतिक न्यायको सिद्धान्तको विपरीत रहेको देखिन आउने । वस्तुतः जसको हक हित विरूद्ध निर्णय गरिन्छ सो व्यक्तिलाई प्रतिवादको मौका दिनुपर्ने भन्ने सर्वमान्य प्राकृतिक न्यायको सिद्धान्त हो । प्राकृतिक न्यायको उल्लङ्घन गरी भएका निर्णयहरू बदरभागी हुने हुँदा प्रस्तुत रिट निवेदनमा निवेदकको नाममा दर्ता रहेको जग्गाको दर्ता बदर गर्नुपूर्व निवेदकलाई सुनुवाइको मौका नदिई निर्णय गरिएको देखिएकाले उक्त निर्णय कानूनी त्रुटिपूर्ण रहेको देखिन आउने । (प्रकरण नं.५) रिट निवेदकको नाममा दर्ता रहेको जग्गाको दर्ता बदर गर्नुअघि रिट निवेदकलाई सुनवाइको मौका नदिई प्राकृतिक न्यायको सिद्धान्तविपरीत मालपोत कार्यालय सर्लाही, मलंगवाबाट निर्णय भएको देखिँदा मिति २०६८।६।३ को निर्णय उत्प्रेषणको आदेशले बदर हुने ठहर्ने र उक्त जग्गाको दर्तावाला यी रिट निवेदकलाई समेत बुझी निजलाई सुनुवाइको मौका प्रदान गरी सो जग्गा सम्बन्धमा पुनः कानूनबमोजिम निर्णय गर्नु भनी विपक्षी मालपोत कार्यालय, सर्लाही, मलंगवाका नाममा परमादेशको आदेशसमेत जारी हुने । (प्रकरण नं.६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9523 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण / परमादेश |
| निर्णय वर्ष / मिति | 2072/03/03 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ |
| मुद्दा नं. | ०६८–WO–०५७४ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७३, नि.नं. 9523 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
