नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9522 · वि.सं. २०७३
नि.नं. 9522 — उत्प्रेषण / परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
वस्तुतः रिट निवेदकलाई प्रतिष्ठानले दिएको नियुक्ति पत्रमा नै ६ महिना परीक्षणकालको अवधि सन्तोषजनक भएमा रिट निवेदकको पद स्वतः स्थायी कर्मचारी हुने भन्ने उल्लेख भएको र निजलाई प्रतिष्ठानले पटक पटक बढुवा गरी सञ्चयकोषसमेत कट्टा गरिएको सन्दर्भमा सो नियुक्ति पत्रको शिरमा “करार” भन्ने शब्दावली उल्लेख भएको आधारमा रिट निवेदक करारमा नियुक्त कर्मचारी भएको भन्न मिल्ने भएन । रिट निवेदक करारमा नियुक्त कर्मचारी नभई विपक्षी प्रतिष्ठानको स्थायी कर्मचारी भएको देखिएको पृष्ठभूमिमा निवेदकलाई सेवाबाट हटाउनु पर्दा श्रम ऐन, २०४८ को कानूनी प्रक्रियाको अनिवार्यरूपमा अवलम्बन गर्नुपर्ने देखिन आउने । (प्रकरण नं.५) वस्तुतः नियुक्त गर्ने अधिकारीबाट नै सेवाबाट हटाउन पाउने अधिकार सर्वस्वीकृत मान्यता र सिद्धान्त रही आएको छ । यो सिद्धान्त र मान्यतालाई यस अदालतले विभिन्न मुद्दाहरूमा ग्रहण गरी आत्मसात गरी आएको पाइने । (प्रकरण नं.७) रिट निवेदकलाई मिति २०६९।४।२३ र २०६९।४।३२ मा स्पष्टीकरण माग गर्दा प्रतिष्ठानका प्रबन्ध निर्देशकबाट माग गरिएको देखिए पनि मिति २०६९।८।२४ मा सेवाबाट हटाउनेसम्बन्धी कारवाही निमित्त वरिष्ठ प्रबन्धकबाट भएको देखिएकाले अनधिकृत पदाधिकारीबाट गरिएको सेवाबाट हटाएको कार्य स्वत: कानून प्रतिकूल एवम् यस अदालतले प्रतिपादन गरेका नजिर सिद्धान्तसमेतको प्रतिकूल देखिन आउने । (प्रकरण नं.८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9522 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण / परमादेश |
| निर्णय वर्ष / मिति | 2072/03/01 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दीपकराज जोशी |
| मुद्दा नं. | ०७०-WO-०४३५ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७३, नि.नं. 9522 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
