नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9518 · वि.सं. २०७२

नि.नं. 9518 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

नेपाल बार एसोसिएसन विधान, २०४८ एवम्‌ नेपाल बार एसोसिएसन विनियमावली, २०४९ नेपाल बार एसोसिएसनको केन्द्रीय महाधिवेशनबाट निर्णय भई बनेको र विनियमावली, २०४९ सोही विधानअन्तर्गत बनेको दस्ताबेज देखिँदा संविधानको धारा १३३(२) बमोजिम उक्त विधानलाई कानूनसरह मान्न नमिल्ने । रिट निवेदनमा निवेदकले नेपाल बार एसोसिएसनको विधान, २०४८ एवम्‌ नेपाल बार एसोसिएसन विनियमावली, २०४९ अन्तर्गतको हक प्रचलनको लागि धारा १३३(२) अन्तर्गत निवेदन दिएको र उक्त विधान एवम्‌ विनियमावलीलाई प्रचलित नेपाल कानूनको संज्ञा दिन नमिल्ने भएबाट निवेदकको कानूनी हक अपहरण भएको भन्न नमिल्ने । (प्रकरण नं.१०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9518
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2072/09/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ओम प्रकाश मिश्र | माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल
मुद्दा नं.०७२-WO-०३६५
उद्धरण सन्दर्भने.का.प. २०७२, नि.नं. 9518
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्