नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9512 · वि.सं. २०७२

नि.नं. 9512 — अंश दपोट

सिद्धान्त / नजिर सार (Headnote Summary)

अंश हक जन्मका आधारमा कानूनबमोजिम प्राप्त हुने नैसर्गिक हक हो । अंश मुद्दामा वादी प्रतिवादीले पेस गरेको तायदाती फाँटवारीमा उल्लिखित सम्पत्तिबाहेक अन्य सगोलको अबन्डा सम्पत्ति रहे भएको अवस्थामा वादीका पति र ससुराले पेस भएको तायदाती फाँटवारीमा आपत्ति गरेनन् भन्दैमा उक्त अबन्डा सम्पत्तिबाट यी वादीको अंश पाउने हकबाट वञ्चित गर्न मिल्दैन । तायदाती सुनी पाएको बखत तत्काल सबै सम्पत्तिको पुरा जानकारी सबै अंशियारलाई हुन्छ भन्न मिल्दैन । जब कुनै सम्पत्ति बन्डा हुन बाँकी र तायदातीमा देखाइएको थिएन भनी जानकारी हुन्छ तब नालेस गर्ने कुरा हुन्छ । सम्पत्तिको जानकारी बिना नै नालेस गर्न सकिने अवस्था नै हुँदैन । तसर्थ तायदाती सुनी पाएको कागज गर्दा विरोध गरेन भन्दैमा कसैको अंश हक स्वतः समाप्त हुने होइन । वादी दाबीका जग्गाहरू २०३४ सालमा निजी तवरबाट वा आफ्नो निजी ज्ञान, सीप, प्रयासबाट वा कसैबाट दान, बकस वा अपुतालीबाट प्राप्त गरेको मिसिल प्रमाणबाट देखिँदैन । सगोलमा रहे बसेको अवस्थामा सगोलका कुनै अंशियारले खरिद गरेको सम्पत्तिमा यी वादीको अंश हक लाग्न सक्दैन भन्न नमिल्ने । (प्रकरण नं.३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9512
मुद्दाको विषयअंश दपोट
निर्णय वर्ष / मिति2072/07/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय | माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय
मुद्दा नं.०६९-CI-००३९
उद्धरण सन्दर्भने.का.प. २०७२, नि.नं. 9512
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्