नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9501 · वि.सं. २०७२

नि.नं. 9501 — बन्दीप्रत्यक्षीकरण

सिद्धान्त / नजिर सार (Headnote Summary)

विदेशी विनिमय अपचलन मुद्दामा भएको म्याद तामेली र फैसलालाई गैरकानूनी भनि निवेदकका हकमा बन्दीप्रत्यक्षीकरणको आदेश माग गरेको कानूनअनुरूप छ छैन भन्ने सम्बन्धमा निवेदक प्रतिवादी विदेशी विनिमय अपचलन मुद्दाको अनुसन्धान एवम्‌ कारवाहीका क्रममा फरार रहेको देखिने । निवेदकले विदेशी विनिमयको कारोबार गर्न आफ्नो नाउँमा फर्म खोलेको तथ्यलाई अन्यथा भन्न सकेको नपाइने । आफ्नो नाउँमा फर्म खोलेका निवेदकले फर्ममा उल्लेख भएअनुसारको सर्तको पालना गरि कार्य गर्ने कर्तव्य पनि निजमा रहने । निवेदकले फर्मको उद्देश्यअनुसार काम कारवाही नगरेको कारण नै निजमाथि अभियोग लाग्न गएको हो । फर्मको उद्देश्य र सर्तअनुसार काम नगरेमा आफूमाथि जहिले पनि कानूनी कारवाही हुन सक्छ भनि अनुमान गरि निवेदकसचेत रहन सकेको निजको व्यवहारले देखाउन सकेको नपाइने । पुनरावेदन अदालतबाट विदेशी विनिमय मुद्दामा तामेल भएको म्याद र फैसलासमेत कानूनबमोजिमको ठहरि अन्तिम आदेश भइरहेको अवस्थामा सोही विषयलाई लिएर निवेदनको स्वरूप परिवर्तन गरि प्रतिवादी निवेदकका हकमा प्रस्तुत बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गरेको पाइने । एउटै विषयमा पहिले प्रतिवादी स्वयम्‌ले पुनरावेदन अदालतमा निवेदन गरि अदालतबाट भएको आदेश अन्तिम भइरहेको अवस्थामा पुनः त्यही कुरालाई छुट्टै बन्दीप्रत्यक्षीकरणको निवेदनबाट निवेदक यस अदालतमा प्रवेश गरेको देखिने । एउटै विषयका बारेमा सक्षम अधिकारप्राप्त अदालतबाट निर्णय भई निर्णय अन्तिम भएको अवस्थामा बन्दीप्रत्यक्षीकरणको निवेदनबाट विदेशी विनिमय अपचलन मुद्दामा भएको तामेली म्याद तथा फैसलासमेत बदर गरि गैरकानूनी थुनाबाट मुक्त गरिपाउँ भन्ने प्रस्तुत निवेदन खारेज हुने । (प्रकरण नं.३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9501
मुद्दाको विषयबन्दीप्रत्यक्षीकरण
निर्णय वर्ष / मिति2072/08/08
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय | माननीय न्यायाधीश श्री  चोलेन्द्र शमशेर ज.ब.रा.
मुद्दा नं.०७२-WH-००२२ | ०७१-WO-०८७४
उद्धरण सन्दर्भने.का.प. २०७२, नि.नं. 9501
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्