नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9498 · वि.सं. २०७२

नि.नं. 9498 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

निर्धारित समयावधिभित्र निवेदकले माग गरेको बिदा अस्वीकृत भएको देखिँदैन । निवेदकले माग गरेको असाधारण अध्ययन बिदा मिति २०६६।६।६ मा वन विभागमा दर्ता भएपछि सो मितिले ६० दिनभित्र अर्थात्‌ मिति २०६६।८।५ भित्रमा अनिवार्यरूपमा बिदा स्वीकृत वा अस्वीकृतको कार्य अख्तियार प्राप्त अधिकारीले अनिवार्यरूपमा गर्नुपर्ने कानूनी व्यवस्था रहेको देखिने । (प्रकरण नं.२) निवेदकलाई ९० दिन लगातार कार्यालयमा हाजिर नभएको भनि विभागीय कारवाही गर्ने गरेकोतर्फ हेर्दा कानूनी व्यवस्थाबमोजिम बिदा दिने अख्तियारवाला व्यक्तिले आफूले गर्नुपर्ने कार्य नगरि आफ्नो जिम्मेवारीबाट बिमुख भई अन्यत्र दिशाबोध भई यी रिट निवेदकलाई विभागीय कारवाही गर्ने भनि कारवाहीको थालनी भएको कार्य कानूनविपरीत भई उत्प्रेषणको आदेशले बदर हुने देखिने । (प्रकरण नं.४) निवेदकले माग गरेको अध्ययन बिदा स्वतः स्वीकृत भएको अवस्थामा निजले आफ्नो Ph.D (विद्यावारिधी) तहको अध्ययन पुरा गरि नेपाल फर्कि आएपश्चात्‌् आफ्नो दरबन्दी रहेको विभागमा उपस्थित भई हाजिर गराइपाउँ भनि दिएको निवेदनपश्चात्‌्‌ निजलाई हाजिर गराई कामकाजमा लगाउनु पर्ने दायित्व वन तथा भू-संरक्षण मन्त्रालय र वन विभागको रहेकामा सो नगरि निवेदकलाई विभिन्न बहाना गरि कानूनले निर्दिष्ट गरेको कार्य नगरि हाजिर नगराएको कार्य मिलेको देखिएन । यसर्थ यी रिट निवेदकलाई आफू स्वयम् वन तथा भू-संरक्षण मन्त्रालयमा उपस्थित भई हाजिर गराई कामकाजमा लगाइपाउँ भनि निवेदन दिएको मितिबाट नै हाजिर भएको मानि निजले पाउने कानूनबमोजिमको पारिश्रमिक र अन्य सुविधासमेत पाउने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9498
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2072/04/26
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुशीला कार्की | माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल
मुद्दा नं.०६९-WO-०२७०
उद्धरण सन्दर्भने.का.प. २०७२, नि.नं. 9498
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्