नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9496 · वि.सं. २०७२
नि.नं. 9496 — मानव बेचबिखन तथा ओसारपसार ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
इन्कारी बयानलाई प्रतिवादीले समर्थन गर्ने प्रमाणहरू पेस गर्न सकेको देखिँदैन । आफ्नो मुलुकबाट अर्को मुलुकमा बिक्री भएकी पीडित महिलाले लगाएको कपडा र प्रयोग गरेका अन्य सामानहरू त्यसरी अन्यत्रको सामान्य चिनजानको मानिसको डेरा कोठामा फेला पर्नु कसुर अपराधको प्रमाणसँग सम्बन्धित हो । कसुर अपराध गर्ने व्यक्तिले आफूले गरेको कसुर अपराधबाट बच्न र कानूनी सजायबाट उम्कन जहिले पनि झुठ्ठो बयान गर्ने हुँदा त्यसलाई सङ्कलित प्रमाणहरूबाट विश्लेषण र मूल्याङ्कन गरि न्याय निरूपण गर्नुपर्ने । (प्रकरण नं.५) प्रतिवादीले पीडितलाई काठमाडौंबाट नेपालसरहदको काकडभिट्टासम्म पुर्याएको देखिएको र कानूनले पनि बिक्रीसमेतको लागि नेपालसरहदभित्रको एक ठाउँबाट अर्को ठाउँमा पुर्याएको कार्यलाई कसुर मानेको हुँदा प्रतिवादीले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४ को उपदफा (१) को खण्ड (क) र उपदफा (२) को खण्ड (क) को कसुर गरेको देखिने । (प्रकरण नं.७) मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१)(ङ) को खण्ड (२) मा नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा लैजानेलाई दश वर्ष कैद र पचासहजार रूपैयाँदेखि एकलाख रूपैयाँसम्म जरिवाना हुनेसमेतको व्यवस्था भएको देखिन्छ । आरोपित कसुर गरेको ठहर भएपछि जरिवाना पनि गर्नु पर्ने तथ्यमा विवाद छैन । प्रस्तुत मुद्दामा सुरू अदालतले उक्त कानूनी व्यवस्थाबमोजिम प्रतिवादीलाई जरिवाना गरेको देखिँदैन । ऐनको दफा १७ को कानूनी व्यवस्था हेर्दा जरिवानाको पचास प्रतिशत बराबरको रकममा नघट्ने गरि निजबाट मनासिब माफिकको क्षतिपूर्ति भराई दिनु पर्नेछ भन्नेसमेतको व्यवस्था भएको देखिँदा कानूनबमोजिम जरिवाना पनि गर्नु पर्नेमा सुरू अदालतले जरिवाना नगरेको हदसम्म केही उल्टी गरि १० वर्ष कैद सजाय, एकलाख रूपैयाँ जरिवाना र पीडितले प्रतिवादीबाट ५०,०००।- रूपैयाँ भराई लिन पाउने ठहर्याई गरेको पुनरावेदन अदालत, पाटनको मिति २०६६।११।११ को फैसला मिलेकै देखिँदा सदर हुने । (प्रकरण नं.८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9496 |
|---|---|
| मुद्दाको विषय | मानव बेचबिखन तथा ओसारपसार । |
| निर्णय वर्ष / मिति | 2072/05/30 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल | माननीय न्यायाधीश श्री दीपकराज जोशी | माननीय न्यायाधीश श्री भुपेन्द्रप्रसाद राई | माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ |
| मुद्दा नं. | ०६७-CR-०४६९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७२, नि.नं. 9496 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
