नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9493 · वि.सं. २०७२

नि.नं. 9493 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

समानताको हकले निरपेक्षरूपमा सबैलाई समान व्यवहार गर्नु पर्छ भन्ने अर्थ बोध गर्ने नभई समान अवस्थाका व्यक्तिहरूका बिचमा मात्र समान व्यवहार गरिनु पर्छ भन्ने मान्यता राख्दछ । अवस्था समान नरहेकामा आफ्नो हकको आधार सुनिश्चित नगरि उनाउ व्यक्तिको हकमा विना हकदैया दाबी गर्न वा प्रश्न गर्न पनि मिल्दैन । विपक्षीले निवृत्तिभरण पाउने भएकाले आफूहरूले पनि पाउनु पर्छ भन्ने निवेदकहरूको भनाई कुनै कानून र तर्कमा आधारित रहेको देखिँदैन । न्युनतम सेवा अवधि नपुगि निवृत्तिभरण दिन मिल्ने पनि नहुने । (प्रकरण नं.३) आफ्नो हकको पुष्टि नगरि अरूको हकमा अनावश्यक ईर्ष्या वा तुलना गरि अन्य व्यक्तिको हकमा असर पार्ने हिसाबले दाबी गर्न मिल्दैन । रिट निवेदकहरूले आफूहरूको समयावधि नपुगेको कारणले निवृत्तिभरण पाउन नसकेको भन्नेसम्म उल्लेख गरेको तर विपक्षीहरूको के, कुन र कहिलेको निर्णयबाट निवृत्तिभरण प्राप्त गर्न नसकेको हो सो कुरा पनि उल्लेख गर्न सकेको नदेखिने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9493
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2072/08/22
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र
मुद्दा नं.०७१-WO-०३११
उद्धरण सन्दर्भने.का.प. २०७२, नि.नं. 9493
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्