नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9492 · वि.सं. २०७२
नि.नं. 9492 — गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरि भ्रष्टाचार गरेको
सिद्धान्त / नजिर सार (Headnote Summary)
कर्मचारी सुविधाअन्तर्गत प्रतिकित्ता १००।– का दरले ५३० कित्ता सेयरको रू. ५३,०००।– हुने भनि उल्लेख गरि आरोप पत्रमा कुनै पनि जिकिर लिएको नदेखिए तापनि सो सेयर वीरगञ्ज फाइनान्सबाट कर्मचारी सुविधा अन्तर्गत मौद्रिक रकम नतिरि लिएको भन्ने कुरा देखाउन सकेको पाइँदैन । बिगोमा कायम गरेको मिलेन भनेर जिकिर लिएर मात्र हुँदैन । स्पष्ट आधार र कारण देखाएर अदालतलाई विस्वस्त पार्नु पर्ने हुन्छ । यो दायित्व पुनरावेदक प्रतिवादीको नै हो । यसरी एकाघरकी छोरी सुष्मा नेपालले कर्मचारी सुविधाअन्तर्गत मौद्रिक रकम नतिरि रू.५३,०००।– रकम बराबरको ५३० कित्ता सेयर प्राप्त गरेको भन्ने कुरा स्थापित हुन नआएबाट विशेष अदालत, काठमाडौंको फैसला अन्यथा देखिन नआउने । (प्रकरण नं.२१)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9492 |
|---|---|
| मुद्दाको विषय | गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरि भ्रष्टाचार गरेको |
| निर्णय वर्ष / मिति | 2071/05/18 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल | माननीय न्यायाधीश श्री गौरीबहादुर कार्की | माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र | माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे |
| मुद्दा नं. | ०६७–CR–०७७८ | ०६८–CR–००१७ | ०६३–CR–०६५० | ०६५–CR–००३१ | ०६५–CR–००४५ | ०६५–CR–०००९ | ०६५–CR–००६४ | ०६३–CI–०६५० |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७२, नि.नं. 9492 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
