नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9489 · वि.सं. २०७२
नि.नं. 9489 — अंश नामसारि
सिद्धान्त / नजिर सार (Headnote Summary)
अंश र अपुताली एउटै कुरा नभई यो फरक फरक कुरा हो । हाम्रो प्रचलित कानूनी व्यवस्थाअनुसार अंश जन्मसिद्ध नैसर्गिक हकको रूपमा रहेको पाइन्छ भने त्यसरी अंश हकद्वारा प्राप्त सम्पत्ति प्रयोगकर्ताको मृत्युपश्चात् क्रमानुसारका व्यक्तिले अपुताली पाउने व्यवस्था कानूनले गरेको पाइन्छ । अपुतालीसम्बन्धी कानूनी व्यवस्थाअनुसार अपुताली हकवालाबाहेक स्याहार सम्भार गर्ने व्यक्तिले समेत पाउने व्यवस्था गरेको पाइन्छ भने अंश बाबु, आमा, लोग्ने, स्वास्नी, छोरा, छोरीहरूको जीयजीयैको अनिवार्यरूपमा गर्नुपर्ने हुन्छ । अंश विवाहिता छोरीले प्राप्त गर्न सक्दैनन जबकि अपुताली विवाहिता छोरीले पनि पाउने उल्लिखित अपुतालीको २ नं. समेतले व्यवस्था गरेबाट कानूनी व्यवस्था र सम्पत्तिको स्वामित्व सर्ने प्रकृति र प्रक्रियासमेतबाट अपुताली र अंश एकै र एउटै अवधारणाका विषयवस्तु होइनन् भन्ने कुरा स्पष्ट देखिने । अपुताली मर्नेको बाचुन्जेल सेवा सुश्रुसा हेरचाह गरि सम्पत्तिको प्रयोग कर्ताको मृत्युपश्चात् सेवा सुश्रुसा हेरचाह गरेको परिणामस्वरूप समेत प्राप्त हुन सक्ने । (प्रकरण नं. ५) मुलुकी ऐनमा सातौं संशोधन अघि छुट्टिई भिन्न नभई सगोलमा रहेका अंशियारले आर्जन गरेको सम्पत्ति सबै अंशियारको अंश लाग्ने भनि अंशबन्डाको १८ नं. मा स्पष्ट व्यवस्था गरेको देखिन्छ । मानो छुट्टिई बसेको अवस्थामा भने कमाएको धन र लगाएको ऋण आफ्नो आफ्नो हुन्छ भन्ने व्यवस्था गरेको पाइन्छ । यी वादी प्रतिवादीहरू छुट्टि भिन्न भएको भन्ने मिसिलबाट देखिँदैन । उपरोक्त कानूनी व्यवस्थाको अर्थ अपुतालीबाट प्राप्त गरेको सम्पत्ति बन्डा नलाग्ने अरू सम्पत्ति भने बन्डा लाग्ने भनि अर्थ गर्न मिल्दैन । उक्त कानूनी व्यवस्थाको सोझो अर्थ सगोलका अंशियारले जुनसुकै स्रोतबाट प्राप्त भएको सम्पत्ति सबैको बन्डा लाग्ने भन्ने नै हुने । जुनसुकै तरिकाले प्राप्त गरेको सम्पत्ति अंशियारहरूका बिचमा बन्डा लाग्ने स्पष्ट भइसकेपछि निजी तवरले प्राप्त गरेको हुँदा बन्डा नलाग्ने भनि भन्न मिल्दैन । तत्कालिन अवस्थामा निजी सम्पत्तिको व्यवस्था नै नदेखिने । (प्रकरण नं. ६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9489 |
|---|---|
| मुद्दाको विषय | अंश नामसारि |
| निर्णय वर्ष / मिति | 2072/03/23 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दीपकराज जोशी | माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र |
| मुद्दा नं. | ०६८-CI-०१२० |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७२, नि.नं. 9489 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
