नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9488 · वि.सं. २०७२

नि.नं. 9488 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

उत्प्रेषणको रिट न्यायिक, अर्धन्यायिक निकाय वा कानूनले अख्तियार दिएको प्रशासनिक निकायबाट क्षेत्राधिकारको उल्लङ्घन गरि निर्णय गरेमा, प्राकृतिक न्यायको सिद्धान्तविपरीत निर्णय गरेमा, कार्यविधि कानूनको पालना नगरि वा कानूनी त्रुटि गरि निर्णय गरेमा त्यस्ता निकाय वा अधिकारीबाट भएको गैरकानूनी त्रुटिपूर्ण निर्णयलाई बदर गर्न जारी हुने । निजी क्षेत्रबाट कम्पनीको रूपमा सञ्चालित विद्यालयको शिक्षकलाई पदमुक्त गरेको भन्ने विषय न्याय प्रशासन ऐन, २०४८ को दफा ८(२) अनुसार पुनरावेदन अदालतको प्रादेशिक क्षेत्राधिकारभित्रको कुनै न्यायिक, अर्धन्यायिक वा प्रशासनिक अधिकारीबाट भएको काम कारवाहीको विषय हो भन्न मिल्ने अवस्था नदेखिने । त्रिवेणी पब्लिक स्कुल नामक निजी विद्यालय कम्पनी ऐन, २०५३ बमोजिम कम्पनी रजिस्ट्रारको कार्यालय, त्रिपुरेश्वर काठमाडौंमा दर्ता भई सञ्चालन भएको प्रा.लि. भएकाले त्यस्तो निजी कम्पनीको रूपमा दर्ता भएको विद्यालयबाट भएको काम कारवाहीमा उत्प्रेषणको रिटबाट हस्तक्षेप गर्न मिल्ने अवस्था नदेखिने । (प्रकरण नं. ४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9488
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2072/05/03
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोपाल पराजुली | माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल
मुद्दा नं.०७१-CI-०४७७
उद्धरण सन्दर्भने.का.प. २०७२, नि.नं. 9488
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्