नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9484 · वि.सं. २०७२

नि.नं. 9484 — माना चामल नाता कायम

सिद्धान्त / नजिर सार (Headnote Summary)

अदालतले डि.एन.ए. परीक्षण गराउने आदेश गरि प्रतिवेदन आइसकेपछि उक्त परीक्षण प्रतिवेदनमा उल्लिखित रायलाई स्वीकार वा अस्वीकार गरि निर्णय गर्न अदालत स्वतन्त्र हुने भए तापनि त्यसको ठोस कारण उल्लेख गर्न सक्नु पर्दछ । डि.एन.ए. परीक्षण सत प्रतिशत सत्य हुन्छ भनि मान्न नसक्ने तर्क गर्ने हो भने त्यस्तो परीक्षणबाट प्राप्त नतिजालाई मिसिल संलग्न अन्य प्रमाणहरूसँग भिडाई हेर्दा मेल नखाएको र शङ्कास्पद अवस्थामा मात्र त्यसलाई नजरअन्दाज गर्न सकिने । डि.एन.ए. परीक्षण गर्ने विशेषज्ञले अदालतमा आफ्नो रायलाई पुष्टि गर्ने गरि बकपत्र गरेको अवस्थामा निजको भनाइलाई प्रमाण ऐन, २०३१ को दफा १८ ले प्रमाण ग्राह्य मानेकै अवस्था देखिने । (प्रकरण नं. ५) नाता कायम जस्तो मुद्दामा डि.एन.ए. परीक्षणबाट प्राप्त विशेषज्ञको रायलाई बिनाआधार अन्यथा हो भन्न नमिल्ने । (प्रकरण नं. ७) प्रतिवादीले वादी दाबीलाई अस्वीकार गरेको, डि.एन.ए. परीक्षणबाट बच्चाको जैविक बाबु प्रतिवादी होइन भन्ने देखिएको र विशेषज्ञले सो कुराको पुष्टि हुने गरि बकपत्र गरेको, डि.एन.ए. परीक्षण प्रतिवेदनको आधिकारिकतामा खण्डन गर्न सघाउ पुर्‍याउने प्रमाणको अभाव रहेको एवम्‌ वादीले आफ्नो भनाइ पुष्टि गर्ने भरपर्दो प्रमाण पेस गर्न नसकेको अवस्थामा वादी र प्रतिवादीबिच लोग्ने स्वास्नीको नाता कायम हुने र वादीले प्रतिवादीबाट माना चामल भराइ लिन नपाउने । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9484
मुद्दाको विषयमाना चामल नाता कायम
निर्णय वर्ष / मिति2071/03/24
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री  देवेन्द्र गोपाल श्रेष्ठ
मुद्दा नं.०६७-CI-१११६
उद्धरण सन्दर्भने.का.प. २०७२, नि.नं. 9484
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्