नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9481 · वि.सं. २०७२
नि.नं. 9481 — बन्दीप्रत्यक्षीकरण
सिद्धान्त / नजिर सार (Headnote Summary)
नागरिकतामा थर सेन्चुरी लेखेको भए पनि आफू सुनार रहेको कुरा अदालतमा कागज गर्दा निवेदक स्वयम्ले खुलाइ दिएका छन् । यसरी ज्यान मार्ने उद्योग मुद्दामा कैद ठहर भएका सो मुद्दाका प्रतिवादी हरिशरण सुनार र यी निवेदक हरिशरण सेन्चुरी दुई फरकफरक व्यक्ति नभई एउटै व्यक्ति रहेको तथ्य स्पष्ट हुन आउने । (प्रकरण नं. ५) काठमाडौं जिल्ला अदालतमा निवेदकको पहिचान खुल्ने कागज भएकामा निवेदकले स्वतन्त्रपूर्वक कागज गरि दिएको देखिन्छ । फैसला कार्यान्वयनको क्रममा वास्तविक लगतवाला व्यक्तिको पहिचानको लागि अदालतले सम्बन्धित व्यक्तिको जुनसुकै बखत कागज गराउन सक्ने नै हुन्छ । निवेदकको इच्छा विरूद्ध कुनै कागज गराइएको भए सो पुष्टि हुने आधारसहित चुनौती गर्ने अधिकार निवेदकमा सुरक्षित नै हुन्छ । फैसला कार्यान्वयनको क्रममा लगतवाला व्यक्तिको पहिचानको लागि अदालतमा निवेदकको कागज गराएको कार्य कानूनसम्मत मान्नु पर्ने । (प्रकरण नं. ६) अदालतको फैसलाबाट कसुर कायम भई सजाय तोकिएका कसुरदारलाई फैसलाबमोजिमको सजाय असुल गर्नु अदालतको कानूनी दायित्व हो । कसुर ठहर भएका कसुरदारको सजाय कार्यान्वयन नहुने हो भने दण्डहीनताले प्रश्रय पाउने मात्र होइन अदालतको फैसला निष्प्रभावी भई विधिको शासन नै कायम नहुने हुन्छ । अदालतको अन्तिम भइरहेको फैसलाले कैद ठहर भएका प्रतिवादीलाई लागेको कैद असुलीको लागि थुनुवा पूर्जी दिई कैदमा राखेको कार्यले निजको संविधान प्रदत्त वैयक्तिक स्वतन्त्रतामा आघात भएको मान्न नमिल्ने । (प्रकरण नं. ७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9481 |
|---|---|
| मुद्दाको विषय | बन्दीप्रत्यक्षीकरण |
| निर्णय वर्ष / मिति | 2071/12/02 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र |
| मुद्दा नं. | ०७१-WH-००५२ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७२, नि.नं. 9481 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
